काठमाडौं : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको आठौं शिखर सम्मेलन काठमाडौंमा हुँदैछ। आइतबारदेखि सुरू सम्मेलनको तयारी पूरा भएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्य-सचिव एवं कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले जानकारी दिए।कोरोना महामारीका कारण दुई वटा सम्मेलन भर्चुअल माध्यममा भएको थियो। यस वर्ष भने भौतिक उपस्थितिमै हुन लागेको हो। ज्ञवालीका अनुसार सम्मेलनमा स्वास्थ्य अनुसन्धानकर्ता, जनस्वास्थ्यविद्, जनसंख्याविद्, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरूबीच छलफल हुनेछ। छलफबाट नीति