काठमाडौं । सरकारले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित गर्ने उद्देश्यसहित भवन ऐन, २०८३ को विधेयक संघीय संसद सचिवालयमा दर्ता गरेको छ। पूर्वाधार विकास मन्त्रालयले शुक्रबार दर्ता गराएको विधेयकमा निम्न आय भएका परिवारका लागि आवासको ग्यारेन्टीदेखि मध्यम आय भएका परिवारलाई सुरक्षित र व्यवस्थित घर उपलब्ध गराउनेसम्मका व्यवस्था प्रस्ताव गरिएको छ। विधेयकअनुसार पहिलोपटक घर निर्माण गर्ने नेपाली […]
डा. सुदीपकुमार भट्टाचार्य अब हामीमाझ छैनन्। तर, भोजपुरमा अस्पताल नभएको ठाउँमा सुरु गरिएको सेवा, बुटवलको जंगलमा उभिएको अस्पताल, विराटनगरमा विस्तार गरिएको विशेषज्ञ शल्य चिकित्सा सेवा, वीर अस्पतालको नेतृत्व, नेपाल मेडिकल काउन्सिलको सुदृढीकरण, न्याम्स र राष्ट्रिय ट्रमा सेन्टरको विकासमा उनले पुर्याएको योगदान– यी सबैमा उनको उपस्थिति बाँकी रहनेछ।
काठमाडौँ । कैलालीमा ड्युटीमै रहेका प्रहरीमाथि कुटपिट गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार दिउँसो भजनी नगरपालिका–३ ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइरहेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत दुई जना प्रहरीमाथि कुटपिट गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, […]
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गर्दै कृषि उद्यमशीलताका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ । कृषि उद्यमीका लागि ल्याइएको उक्त कार्यक्रम सञ्चालन गर्न विभागले ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार गरेको छ । विभागका महानिर्देशक […]
लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने २०८१ मा लुम्बिनी प्रदेश सरकारको मन्त्री बनेका थिए। लुम्बिनीको तत्कालीन उद्योग, पर्यटन तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका न्यौपानेले उक्त मन्त्रालयको नेतृत्व दुई वर्षसम्म सम्हालेका थिए।