काठमाडौं, ८ पुस । नेकपा (माओवादी केन्द्र) का नेता देवप्रसाद गुरुङले पार्टीमा प्रचण्डको नेतृत्वको विकल्पमा बहस जरुरी नभएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता गुरुङले भने, “अहिले माओवादी पार्टीको नेतृत्वमा कुनै संकट छैन । १० वर्षे जनयुद्ध र शान्तिप्रक्रियाको नेतृत्व प्रचण्डले गर्नुभएको हो […]