नेपाली काँग्रेस मकवानपुरको नेतृत्वको लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आइतबार बिहानबाट सुरु भएको मकवानपुर अधिवेशनमा सभापति पदका लागि तीन जना उम्मेदवारहरूले मनोनयन गरेका हुन् ।सभापति पदमा हालका पार्टी सचिव बुद्ध लामा, निवर्तमान हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली र जिल्ला समितिका सल्लाहकार जयराम लामिछानेले सभापति पदमा मनोनयन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।काँग्रेस मकवानपुरको नेतृत्व सर्वसम्मत रुपमा छनौटका लागि आइतबार बिहानसम्म चलेक