पोखरामा थपिएको नयाँ पर्यटकीय गन्तब्य पुम्दीकोटमा पर्यटकको चहलपहल बढ्दै

मंसिर १९, कास्की । पोखरामा पछिल्लो समयमा थपिएको आकर्षक एवम् मनमोहक पर्यटकीय गन्तब्य पुम्दीकोटमा महादेवको मूर्ति हेर्न आउने आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ ।  समुन्द्र सतहदेखि १ हजार ५०० मिटरको उचाइमा रहेको यस ठाउँलाइ आकर्षक गन्तब्यको रुपमा विकास गर्न महादेश शिवको भिमकाय मुर्तिसहित आकर्षक भौतिक संरचना निर्माण गरिएसँगै पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको रोजाइँमा पर्न थालेको छ ।  ४० करोडको लागतमा आन्तरिक तथा बाह्य पर्यटकको प्रबर्द्धन गर्नका लागि ५२ फिट अग्लो शिवमुर्ति सहितका अन्य संरचना निर्माण गरिएको छ । पोखरा बजारबाट १३ किलोमिटरको दूरीमा रहेको पुम्दीकोटको टाकुरामा विशाल महादेव शिवको मुर्ति निर्माको काम अन्तिम चरणमा पुगेको छ ।  उत्तरतर्फ आकासलाई क्षितिज बनाए चाँदीका घेरा जस्तै सामुन्ने टल्किएका हिम श्रृंखलासँगै अंकमाल गरेको सराङ्कोट, काखमा रहेको फेवाताल र पोखरा क्षेत्रको मनोरम दृष्यावलोकन गर्न पुम्दीकोटमा दिनहुँ पर्यटक पुग्न थालेका छन् । पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरिएको यस पुम्दीकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल समेत शुरु भइसकेको छ ।  पर्वत फलेवास घर भई हाल पोखरा–५ मालेपाटन बस्ने पदम शर्मा फुर्सदको समयमा मूर्ति निर्माणस्थल पुम्दीकोटमा पुग्ने गरेको बताउँछन् । ‘फुर्सदको समयमा परिवारसहित रमाइलोका लागि यहाँ आउने गरेको छु, त्यहाँ आएपछि सारा थकान मेटिएको अनुभूति हुन्छ,’ उनले भने,’ ‘मन चंगाभए पछि छुट्टै रमाइलोको प्रत्याभूति हुन्छ, मुस्कुराएका हिम श्रीङ्खलासँगै पोखरा बजार लगायतका अन्य ठाउँ हेर्न पाइने भएकाले कामको तनाबलाई समेत बिर्साइ दिन्छ ।’ पर्यटकीय सम्भावना बोकेको भएरपनि आवस्यक भौतिक संरचना निर्माण र पर्यटन प्रबर्द्धनका योजना नबन्दा ओझेलमा परेको पुम्दीकोट पछिल्लो समय पर्यटकीय गन्तब्यका रुपमा स्थापित हुँदै गएको छ ।  आन्तरीक तथा बाह्य पर्यटकको आकर्षक केन्द्र बनाउने योजना अनुसार पूर्वाधार निर्माणले गति लिएपछि स्थानीयमा पर्यटकको आकर्षक केन्द्र बन्ने आशा पलाएको छ । पोखरा भन्दा उच्च भागमा रहेको यस ठाउँलाई आकर्षक धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने योजनाका साथ काम भइरहेको छ ।  गुरुयोजना सहित ४० करोडको लागतमा निर्माण थालिएको परियोजना मुर्ति निर्माण स्थलको ९५ प्रतिशत काम सकिएको महादेव मुर्ति निर्माण समितिका अध्यक्ष चन्द्रकान्त बरालले बताए । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीमा निर्माण गरिएको पूर्वाधार निर्माणमा हालसम्म २० करोडभन्दा बढी खर्च भइसकेको उनले जानकारी दिए ।  त्यस ठाउँमा मुर्तिका लागि स्थानियहरुले महायज्ञ लगाएर ८ करोड रुपैयाँ संकलन गरेका थिए । भारतीय कालिगडले मथुरामा बनाएको करीब ६ टन तौल बराबरको मुर्ति जडानसँगै यसलाइ आकर्षक बनाउनका लागि अहिले दैनिकरुपमा २० जना कामदार खटिएका छन् ।  गत वर्ष झण्डै एकमहीना लगाएर सिंहासनमा बसेको ५१ फिट अग्लो विशाल महादेवको मुर्ति जडान गरिएको थियो ।  विशाल महादेवको मुर्ति, भुमेश्वर महादेवको मुर्ति निर्माण, सहिद स्मारक, ध्यान केन्द्र, स्मृति पार्क, पुम्दीकोटको ऐतिहासिक मन्दिर लगायतका भौतिक संरचना निर्माण गर्न ४० करोड रकम खर्च हुने अध्यक्ष बराल बताउँछन् ।  २१ रोपनी क्षेत्रफलमा फैलिएको पुम्दीकोटमा १०८ शिवलिङ्ग बनाएर मुर्तिलाई डाई मार्फत गणेशले परिक्रमा गर्ने गरि निर्माण गरिएको छ । मुर्तिसम्म पुग्न दायाँ साइडबाट सिधै खुड्किलो सहितको बाटो निर्माण हुने छ। त्यसभन्दा भित्रको साइडबाट अपाङ्ग तथा बृद्धबृद्धामैत्री बाटो समेत निर्माण गरिने छ ।  स्थानीय उत्पादनको विक्री गर्नका लागि सबैभन्दा तल्लो भागमा सटरसहितका संरचना निर्माण गरिएको छ । पसल नजिकै कलात्मक ढुङ्गे धाराहरु सहित बालबालिका भुल्नको लागि खेल्ने थप संरचना बनाइने छ ।  त्यसैगरी अन्य संरचनामा स्मृति पार्क, प्रशासकीय भवन, ज्येष्ठ नागरिक मिलन केन्द्र, टिकट काउन्टर लगायतका भौतिक संरचना निर्माण हुनेछन् । मुर्ति निर्माण समितिले प्रवेश स्थल अगाडीको स्थानमा पार्किङस्थल बनाउने योजना समेत बनाएको छ ।  मुर्ति निर्माणसहितका भौतिक संरचना निर्माण भएपछि पुम्दीकोटको पर्यटन विकासमा ठूलो फड्को मार्ने अपेक्षा गरिएको छ ।  पोखराबाट नजिकै भएपनि आवस्यक भौतिक संरचना र प्रचारप्रसारको अभावमा ओझेलमा परेको पुम्दीकोट क्रमश पर्यटकीय गन्तब्यका रुपमा विकास हुन थालेको स्थानीय गुरुदत्त बरालले बताए ।  उनले मुर्ति निर्माणसँगै आन्तरिक पर्यटक पर्यटकको आगमन बढेपछि त्यस ठाउँमा होटल, रेष्टुरेण्ट लगायतका अन्य व्यापार व्यावसाय समेत बढेको बताए । ‘मुर्ति निर्माणको कार्य भइरहेकै अवस्थामा आन्तरिक पर्यटक आउने क्रम बढेपछि खोलीएका ब्यवसाय फष्टाएका छन््,’ उनले भने, ‘यहाँ जग्गा भाडामा लिएर व्यावसाय गर्न चाहने हरुको संख्या समेत बढिरहेको छ ।’ मुर्ति निर्माण भएपछि पर्यटको चहलपहल बढेपछि व्यावसाय र रोजगारीका लागि गाउँ छाडेर सहर पसेका युवाहरु गाउँमा फर्किएका व्यापार व्यावसाय शुरु गरेको बरालले बताए । मुर्ति निर्माणका लागि २०७३ मा चन्द्रकान्त बरालको संयोजकत्वमा महायज्ञ लगाएर ६ करोड रुपैयाँ सहयोग संकलन गरिएको थियो । त्यसैगरी स्थानीयहरुले २० रोपनी जग्गादान गरेका थिए । मुर्तिसहित संरचना निर्माणका लागि लागि पोखरा महानगरले १ करोड ५० लाख रुपैयाँ, प्रदेश सरकारबाट ३ करोड ५० लाख र संघीय सरकारले पौने ४ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ ।  पुम्दीकोटबाट माच्छापुच्छ्रे अन्नपूर्ण हिम श्रृखलासँगै, फेवाताल, पोखरा बजार, लेखनाथ लगायतका ठाउँहरुको समेत अवलोकन गर्न सकिन्छ । 

सम्बन्धित सामग्री

वसन्त ऋतु सुरु हुनैलाग्दा ठमेलमा पर्यटकको चहलपहल

पर्यटकीय याम सुरु हुनैलागेको बेलामा सङ्घीय राजधानी काठमाडौँको मुख्य पर्यटकीय केन्द्र ठमेलमा पर्यटकको चहलपहल सुरु भएको छ । पदयात्रा र पर्वतारोहणका लागि उपयुक्त याम वसन्त ऋतु सुरु भएसँगै ठमेलका गल्ली, चोक तथा पसलमा बाह्य पर्यटकको चहलपहल देखिन थालेको हो । नेपालमा मार्च, अप्रिल र मे महिनालाई पर्यटकीय यामका रुपमा लिने गरिन्छ । वसन्त ऋतुको सुरुआतसँगै […]

घलेगाउँमा बढ्यो पर्यटकको चहलपहल

समुद्री सतहबाट २१ सय मिटर उचाइमा रहेको सुखी गाउँ स्मार्ट भिलेज घलेगाउँमा पर्यटकको चहलपहल बढेको छ । घलेगाउँमा अहिले दैनिक ५० देखि ६० जना आन्तरिक पर्यटक आउन थालेको घलेगाउँ पर्यटन व्यवस्थापन...

बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु

तनहुँको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ। असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन्।...

बन्दीपुरको घरबासमा पर्यटकको चहलपहल बढ्दै

दमौली- तनहुँको चर्चित पर्यटकीयस्थल बन्दीपुरमा सञ्चालित घरबास आन्तरिक पर्यटकको रोजाइँमा पर्न थालेको छ । बन्दीपुर गाउँपालिकामा सञ्चालित बन्दीपुर सामुदायिक घरबासमा हाल आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो । कोभिड–१९ को जोखिम घटेपछि बन्दीपुरमा सञ्चालित सामुदायिक घरबासमा पर्यटकको चहलपहल बढेको बन्दीपुर सामुदायिक घरबास व्यवस्थापन समितिका अध्यक्ष दिलकुमारी रानाले बताए । “कोभिड–१९ को सङ्क्रमणका कारण लामो समय […]

होटलको सुविधाले पुनहिलमा पर्यटकको चहलपहल

म्याग्दी-पछिल्लो समय पर्यटकको रोजाइमा रहेको अन्नपूर्ण गाउँपालिका–६ स्थित म्याग्दीको प्रमुख पर्यटकीय स्थल घोडेपानी र पुनहिलमा पर्यटकको चहलपहल बढेको छ । कोरोना महामारीपछि गर्मियाम सुरु भएपछि देश तथा विदेशका पर्यटक आउन थालेको घोडेपानी टोल सुधार समितिका अध्यक्ष बिरेन गर्बुजाले बताए ।“वसन्त ऋतुको सुरुवातसँगै घोडेपानी र पुनहिल भ्रमणमा आउने पर्यटकको चहलपहल बढेको छ” उनले भने । केही […]

तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्यो

तनहुँ । तनहुँको प्रसिद्ध धार्मिकस्थल आँधीमूलमा पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा पुजापाठ र घुम्न आउने दर्शनार्थीको संख्यामा वृद्धि भएपछि यस क्षेत्रमा पर्यटकको चहलपहल बढेको हो । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ मा पर्ने आँधीमूलमा धार्मिक पर्यटकको चहलपहल बढ्दै गएको छ । आँधीमूल देवीको मन्दिरमा दर्शन गर्दा मनोकांक्षा पुरा हुने जनविश्वास रहेकाले मन्दिरमा पुजा […]

पोखरामा बढ्यो आन्तरिक पर्यटकको चहलपहल

काठमाडौं, कात्तिक १२ । पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढन थालेको छ । कोरोनाका कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीड बढेको छ । अहिले पोखराको मौसम पनि निकै खुलेको छ । माछापुच्छ«े र अन्नपूर्णलगायत हिमशृङ्खलाका मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाएको पर्यटन व्यवसायी सोम थापा बताउँछन् । पोखरा […]

पोखरामा आन्तरिक पर्यटकको चहलपहल

पोखरा – पोखरामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ। कोभिड – १९ का कारण लामो समयदेखि सुनसान रहेको पोखराको पर्यटन क्षेत्रमा आन्तरिक पर्यटकको भीडभाड हुन थालेको हो। अहिले पोखराको मौसम पनि निकै खुलेको छ। माछापुच्छ्रे र अन्नपूर्णलगायत हिमशृङ्खलाको मनमोहक दृश्य हेर्न प्रकृतिप्रेमी पर्यटकले पोखरालाई रोजाइको गन्तव्य बनाउने गरेका छन्। विदेशी पर्यटकले भरिभराउ हुने लेकसाइड र […]

मनाङमा आन्तरिक पर्यटकको चहलपहल

हिमाली जिल्ला मनाङमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ। कोरोनाका कारण लामो समयदेखि पर्यटक पुग्न नसकेका कारण बन्द रहेका पदमार्गका होटल सञ्चालनमा आएसँगै मनाङ पुग्ने पर्यटकहरुको संख्यामा बृद्धि आएको हो।  महामारीले धरासायी...

अन्नपूर्ण पदमार्गमा देखिन थाल्यो पर्यटकको चहलपहल

लमजुङ- कोरोना महामारीका कारण सुनसान बनेको विश्वविख्यात चक्रिय अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल बढ्न थालेका छन् । कोरोना सङ्क्रमणको जोखिम कम भएसँगै सुनसान जस्तै बनिरहेको यस पदमार्गमा यतिबेला पर्यटकको चहलपहल बढ्न थालेका हुन् । बाह्य पर्यटकको चहलपहल बढ्न थालेपछि यस क्षेत्रका व्यवसायी उत्साहित भएका छन् । यस पदमार्गमा अहिले दैनिक १५ देखि २५ जनासम्म विदेशी पर्यटक आउन […]