बाग्मती सफाई महाअभियान आठ वर्ष पुगेको छ ।
यो अभियान २०७० जेठ ५ गते शुरु भएको थियो ।
यो अभियान हरेक शनिबार विहान २ घण्टा सञ्चालन गरिंदै आएको छ ।
अभियान आठ वर्ष पूरा भएको अवसरमा अभियानकर्मीहरूले एक विज्ञप्ति जारी गर्दै आठ वर्षको अवधिमा वाग्मती र सहायक नदीमा वर्षौं देखि थुप्रिएको २० हजार टन भन्दा बढी फोहर उठाएको बताएका छन् ।
यस्तो छ विज्ञप्ति
आज भन्दा नौ वर्ष अघि २०७० जेठ ५ गते शुरु गरिएको वाग्मती सफाइ महाअभियान अटुटरुपमा हरेक शनिबार विहान २ घण्टा सञ्चालन गरिंदै आएको छ । त्यसको अघिल्लो दि...