काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत बराबरको सेयर पूँजी थप गर्ने निर्णय गरेकाे छ । कम्पनीकाे बुधबार सम्पन्न पाँचौ वार्षिक साधारण सभाले यस्ताे निर्णय गरेकाे कम्पनीले जनाएकाे छ । साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न भएको हो । यस्तै, सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक […]