सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न थप दुई दिनको म्याद थप

काठमाडौं :  नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले थप दुई दिनको म्याद थप गरेको छ।यसअघि थपिएको म्याद सकिएपछि प्रहरीलाई अनुसन्धानका लागि अदालतले थप दुई दिनको म्याद थप गरेको हो।गत असोज २० गते विमानस्थलबाट सन्दीपलाई पक्राउ गरी गौशाला हिरासतमा राखिएको छ। गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो।

सम्बन्धित सामग्री

सन्दीप लामिछानेमाथि अनुसन्धान गर्न ४ दिनको म्याद थप

नाबालिकामाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछाने माथि अनुसन्धान गर्न जिल्ला अदालतले थप चार दिन म्याद थपेको छ।...

असोज २४ गते मात्रै म्याद थप हुने, यसरी अगाडि बढ्नेछ सन्दीपको कानुनी प्रक्रिया

नाबालिगमाथि जबरजस्ती करणी गरेको जाहेरीका आधारमा क्रिकेटर सन्दीप लामिछाने बिहीबार पक्राउ परेका छन् । कतारको दोहाबाट बिहान ११ बजे काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएपछि प्रहरीले सन्दीपलाई पक्राउ गरेको हो । गत भदौ ५ गते १७ वर्षीय नाबालिगमाथि जबरजस्ती करणी गरेको भन्दै भदौ २१ गते प्रहरी वृत्त गौशालामा सन्दीपविरुद्ध जाहेरी परेको थियो । त्यसलगत्तै प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई सन्दीपको खोजतलास सु? गरेको थियो । तर जतिबेला सन्दीपविरुद्ध जाहेरी परेको थियो, त्यतिब