चार देशीय टी–२० क्रिकेट श्रृङ्खला : आज नेपाल र ओमान खेल्दै

चार देशीय टी-२० क्रिकेट श्रृङ्खला अन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोली ओमानसँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउँसो पौने चार बजेदेखि अल अमिरात क्रिकेट मैदानमा सुरु हुनेछ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीच टी–२० क्रिकेट श्रृङ्खला हुन लागेको हो । विश्व कप क्रिकेटको ग्लोबल छनोटअघि नेपालले श्रृङ्खला खेल्न लागेको हो । यो श्रृङ्खलालाई नेपालले अर्को हप्तादेखि ओमानमै सुरु हुने टी-२० विश्व कप छनोटको पूर्ण तयारीका रुपमा लिएको छ । नेपाली टोलीमा १७ खेलाडी छन् । आउँदो शुक्रवारदेखि सुरु हुने टी-२०...

सम्बन्धित सामग्री

एकदिवसीय क्रिकेट श्रृंखला : आज नेपाल र यूएईबीच दोस्रो खेल

काठमाडौं : नेपाल र यूएईबीचको दोसो एकदिवसीय क्रिकेट बुधबार हुँदैछ। खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ बजेदेखि हुनेछ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल ८४ रनले पराजित भएको थियो। तीन खेलको श्रृंखलामा १–० को अग्रता बनाएको यूएई दोस्रो जित निकाल्दै एक खेलअगावै श्रृंखला कब्जा गर्ने दाउमा हुनेछ। नेपाल भने आजको खेल जित्दै खेल बराबरीमा रोक्न चाहन्छ। दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल मंसिर २ गते शुक्रबार हुनेछ।

प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आउँदै छन् । उनी आज साँझ ६ः१० मा काठमाडौँ आउने तालिका छ । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई सोमबार प्रशिक्षकमा नियुक्त गरेको थियो । क्यानले उनीसँग एक वर्षको सम्झौता गरेको छ । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्यान्ड भ्रमणपछि पुबु दु दसानायाकेले  […]

नवनियुक्त मुख्य प्रशिक्षक प्रभाकर आज नेपाल आउँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर आज नेपाल आइपुग्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले मुख्य प्रशिक्षक प्रभाकर आज बेलुका नेपाल आईपुग्ने जनाएको छ । क्यानका अनुसार प्रभाकर बेलुका ६स्१० बजे त्रिभुवन विमानस्थल आईपुग्ने छन् ।  मुख्य प्रशिक्षक पुबुदु दासानायकेले केही साता अघि राजीनामा दिएपछि क्यानले प्रभाकरलाई नियुक्त […]

विश्वकप क्रिकेट कपमा आज नेपाल र नामिबिया भिड्दै

काठमाडौं। विश्वकप क्रिकेट कपमा आज नेपाल र नामिबियाबीच प्रतिस्पर्धा हुनेछ। कञ्नपुरमा बलात्कारको आरोपमा ४ जना पक्राउ परेका छन्। दाङमा गोठ भत्किँदा एक बालिकाको मृत्यु भएको छ। भेरी नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरियो । पर्वतमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।

चार देशीय टी–२० क्रिकेट श्रृङ्खलामा आज नेपाल र यूएई खेल्दै

काठमाण्डाै - चार देशीय टी–२० क्रिकेट श्रृङ्खलाको दोस्रो खेलमा आज नेपाल र यूएई खेल्दैछन् । खेल ओमानको अलअमिरात मैदानमा बिहान पौने १२ बजे सुरु हुँदैछ । यूएईसँग भएका पछिल्ला तीन खेलमा नेपालले दुई जित र एकमा हार बेहोरेको छ । नेपाल, आयरल्यान्ड, ओमान र यूएईबीचको टी–२० क्रिकेट शृङ्खला अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो । नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली ओमानलाई ६ विकेटले हराएको थियो । नेपालले श्रृङ्खलाको अन्तिम खेलमा पर्सि सोमवार आयरल्यान्डसँग खेल्नेछ । आईसीसी पुरुष टी&nd...

क्रिकेट टोलीको मुख्य प्रशिक्षक पुबुदु आज नेपाल आउँदै

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके आज नेपाल आउँदै छन् । पुबुदु मध्याहन्न ११ : ३० मा त्रिभुवन विमानस्थल आइपुग्ने नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले जानकारी दिए । गत असोजमा अष्ट्रेलियन मुख्य प्रशिक्षक डेभ ह्वाटमोरले राजीनामा दिएपछि रिक्त भएको पदमा नेपाल क्रिकेट संघ (क्यान) मंसिर २५ […]

विश्वकप क्रिकेट लिग–२ मा आज नेपाल र अमेरिकाको भिडन्त

काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, ओमान र अमेरिकाबीचको त्रिकोणात्मक एकदिवसीय श्रृंखला आजबाट सुरु हुँदैछ । ओमानमा जारी श्रृंखलाको पहिलो खेलमा आज नेपाल अमेरिकाविरुद्ध खेल्दैछ । यो खेल नेपाली समय अनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ । नेपालका उपकप्तान दिपेन्द्र सिंह ऐरी हिजो अभ्यासकोक्रममा चोटग्रस्त भएका छन् । दिपेन्द्रको अनुपस्थिती नेपालको लागि […]

उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै

काठमाडौं। त्रिदेशीय ट्वान्टी–२० क्रिकेट शृंखलाको उपाधिका लागि आज नेपाल र नेदरल्यान्ड्स भिड्दै छन्।त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने फाइनल खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। डबल राउन्ड रोबिनका आधार चलेको लिगमा ६ अंक जोडेको नेपाल लिग बिजेताको रुपमा फाइनलमा प्रवेश गरेको हो। दोस्रो स्थानको नेदरल्यान्ड्सले लिगमा ५ अंक जोड्दै फाइनलमा स्थान बनाएको छ।

त्रिदेशीय क्रिकेट सिरिज : आज नेपाल र नेदरल्याण्ड्सबीच खेल

काठमाडौं : काठमाडौंमा जारी त्रिदेशीय क्रिकेट सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच खेल हुँदैछ।पहिलो खेलमा नेदरल्याण्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज पनि बलियो मनोबलसहित मैदान उत्रिन लागेको हो। नेपाल र नेदरल्याण्ड्सबीचको खेल त्रिवि मैदान, कीर्तिपुरमा दिउँसो सवा १ बजेदेखि शुरू हुनेछ।यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिलो र मलेसिया विरुद्धको दोस्रो खेलमा समान ९ विकेटको जित निकालेको थियो। नेपालले ४ अंक जोडिसकेको छ भने नेदरल्याण्ड्सले आफ्ना दुई खेल सकिँदा २ अंक मात्र जोडेको छ।मलेसियाले आफ्