त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी-२० क्रिकेट श्रृंखलामा आज नेपाल र मलेसिया खेल्दैछन् । नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्न लागेको हो । खेल दिउँसो साढे १२ बजे कीर्तिपुर मैदानमा सुरु हुनेछ । यसअघि पहिलो खेलमा अस्ति नेपालले पपुवा न्यूगिनी पीएनजीलाई १५ रनले हराएको थियो । त्यस्तै हिजोको खेलमा मलेसियाले पीएनजीलाई ८ रनले हरायो । नेपालले तेस्रो खेल भोलि पीएनजीसँग खेल्नेछ । त्रिदेशीय श्रृंखलामा नेपाल, मलेसिया र पीएनजी सहभागी छन् ।  

सम्बन्धित सामग्री

त्रिदेशीय टी–२० शृङ्खला : नेपाल र मलेसिया खेल्दै

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा बिहीवार (आज) समूह चरणको अन्तिम खेल हुँदैछ । समूह चरणकाे अन्तिम खेलमा दिउँसो सवा १ बजे त्रिवि क्रिकेट मैदानमा नेपालले मलेसियासँग खेल्दै छ । नेपाल प्रतियोगिताको फाइनलमा पुगिसकेको छ । मलेसिया भने प्रतियोगिताबाट बाहिरिसकेको छ । यसअघिको खेलमा मलेसियालाई नौ विकेटले हराएको नेपाल याे खेलमा पनि मलेसियालाई हराउने दाउमा छ भने मलेसिया याे खेलमा जित निकाल्दै सुखद अन्त्यको खोजीमा हुनेछ । बुधवार (हिजो) मलेसिया र नेदरल्याण्ड्सबीचको खेल ...