यतीको दसैँ धमाका, स्कुटर देखि हिरा जित्ने मौका

काठमाडौं । यती एयरलाइन्सले दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दसैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ । उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफआई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जाने आउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ देखि कार्तिक २४ गतेसम्म यती एयरलाइन्स मार्फत उडान गर्ने सम्पूर्ण यात्रुहरूमा ला

सम्बन्धित सामग्री

दशैंतिहारमा हवाई कम्पनीको उपहार योजना :  ७० % भन्दा बढी बुकिङ

असोज २०, काठमाडौं । दशैंतिहारलाई लक्षित गरेर हवाई कम्पनीले विभिन्न अफर, छूटको प्याकेज सार्वजनिक गरिरहेका छन् । दशैंमा त्यसै पनि भरिभराउ हुने हवाई उडान यात्रुको मागका आधारमा उडान संख्या थपेर भए पनि सेवा सञ्चालनमा तम्तयार छन्, वायुसेवा कम्पनीहरु पनि ।             ठूला एयरलाइन्सको दशैंका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ भइसकेको छ । दशैंका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले बताएका छन् । शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि निकै इच्छुक छन् । सडक मार्गको अवस्था राम्रो नभएको र गन्तव्यमा पुग्न निकै झन्झट बेहोर्नु पर्ने बाध्यताले यात्रुले थोरै रकम महङ्गो भए पनि हवाई यात्रा नै रोज्छन् ।             आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दशैं बिजनेसका लागि साबिकको उडान संख्या बढाएर यात्रुको मागअनुरुप सेवासुविधा विस्तारमा जुटेका हुन् । ठूला एयरलाइन्सले विभिन्न अफरहरु पनि सार्वजनिक गरेका छन् ।             यतीको स्कुटरदेखि हिरा जित्ने मौका             यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आफ्ना यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले दशैंतिहार योजनाअन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने बताएको छ । उक्त अभियानमा प्रथम विजेतालाई यामाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको टप प्रदान गरिने एयरलाइन्सले बताएको छ । यो योजना असोज २१ गतेदेखि कात्तिक २४ गतेसम्म यती एयरलाइन्समार्फत उडान गर्ने सम्पूर्ण यात्रुमा लागू हुनेछ ।             अग्रिम टिकट बुकिङ गरी यसै समयावधिमा उडान गर्ने सम्पूर्ण यात्रुहरुलाई पनि यो योजना लागू हुने कम्पनीले बताएको छ । ३४ दिनसम्म चल्ने यस दशैंतिहार योजनाअन्तर्गत प्रथम पुरस्कारको प्रायोजन यामाहाको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेज, दोस्रो पुरस्कार सस्तो टिकट अनलाइन ट्राभल एजेन्सी र तेस्रो पुरस्कार श्री बालाजी डाइमन्डले प्रायोजन गरेकोे हो ।             हर्षोल्लासका साथ मनाइने नेपालीको महान् चाडहरुमा यती एयरलाइन्समार्फत यात्रा गर्ने सम्पूर्ण यात्रुलाई लक्षित गरेर यो योजना सञ्चालन गरिएको र यात्रुहरुले पनि आरामदायी र सुरक्षित यात्रासँगै उपहार प्राप्त गरी खुसी साटासाट गर्न सकून् भन्ने उद्देश्य रहेको एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।             अफर कसरी प्राप्त गर्ने ?           यतीको दशैं अफरमा सहभागी हुनका लागि एयरलाइन्सका यात्रुहरुले यात्रा अघि विमानस्थलमा सुरक्षा जाँच गरी भित्र छिर्ने क्रममा बोर्डिङ पाससँगै प्राप्त गर्ने ‘लक्की ड्र’ कुपन भरेर ड्रप बक्समा खसाल्नु पर्नेछ । एकतर्फी यात्रा गर्दा एउटा मात्र कुपन पाइनेछ भने सोही अवधिका लागि एकैपटक दुईतर्फी टिकट काटेर यात्रा गर्दा एकतर्फीमै दुई ओटा कुपन पाइने बताइएको छ । अर्थात् एकैपटक दुईतर्फी टिकट लिएर यात्रा गर्दा एकैजनाले चार ओटा ‘लक्की ड्र’ कुपन पाउनेछन् ।          असोज २१ देखि कात्तिक २४ गतेसम्म भरिएका कुपनहरुलाई सङ्कलन गरी गोलाप्रथामार्फत प्रथम, द्वितीय र तृतीय विजेता छुट्याइने र यसको जानकारी आफ्ना सोसल मिडियामार्फत सार्वजनिक गरिने यती एयरलाइन्सले बताएको छ । हाल यतीले पाँच ओटा एटीआर–७२ विमानमार्फत विभिन्न आठ ओटा गन्तव्यमा उडान गर्दै आएको छ ।             बुद्धको विशेष अफर             आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरले पनि आफ्ना ग्राहकका लागि विशेष आकर्षक अफर ल्याएको छ । कम्पनीले आफ्नो २४औं वार्षिकोत्सवको अवसर पनि भएकाले दशैंतिहारका लागि अफर नभनी विशेष अफर सार्वजनिक गरेको हो । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार कम्पनीको यही असोज २५ गते पर्ने वार्षिकोत्सवलाई लक्षित गरेर यात्रुका लागि अफर बनाएको छ । मोबाइल एपबाट टिकट खरीद गर्दा ‘लक्की ड्र’ मार्फत निःशुल्क टिकट उपलब्ध गराइरहेको छ । हरेक गन्तव्यबाट काठमाडौं फर्कंदा रिटर्न टिकट निःशुल्क दिइनेछ । अफर योजनाअन्तर्गत हरेक दिन दुईजनालाई निःशुल्क टिकट दिइनेछ । यो योजना अगष्ट १ देखि ११ तारिखसम्म कायम गरिएको कम्पनीले बताएको छ ।             बुद्ध एयरले अहिले दैनिक १४० भन्दा बढी उडानमार्फत करीब ८  हजार जना यात्रुलाई सेवा दिइरहेको छ । कम्पनीको दशैंको बुकिङ ७० प्रतिशतभन्दा बढी छ । दशैंमा यात्रुको मागबमोजिम उडान थप गर्नका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आग्रह गरिने कम्पनीको भनाइ छ ।             बुद्ध एयरले थप नयाँ एटीआर जहाज भित्र्याउँदै             आन्तरिक उडानको सबैभन्दा बढी जहाज र उडान हिस्सा ओगट्ने अग्रणी वायुसेवा प्रदायक बुद्ध एयरसँग अहिले १३ थान एटीआरसहित १५ थान जहाज छन् । कम्पनीको १६औं जहाज आगामी डिसेम्बर महीनाभित्रै नेपाल भित्रिने बताएको छ । बुद्धले १४औं एटीआर जहाज भित्र्याउन लागेको हो । एटीआर–७२ जहाज भित्रिएपछि प्रमुख गन्तव्यको उडानमा सहजता हुने कम्पनीले विश्वास लिएको छ ।             यता श्री एयरलाइन्सले पनि आफ्ना छ ओटा जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ । दशैंमा यात्रुको मागअनुरुप उडान सङ्ख्या बढ्नसक्ने कम्पनीले बताएको छ । गुण एयरलाइन्सले पाँच ओटा जहाजमार्फत सेवा सञ्चालन गरिरहेको छ । पर्यटकीय याम पनि भएकाले हेलिकप्टरको उडानमा पनि चाप बढेको छ ।             दशैंमा कुन एयरलाइन्सका कति उडान ?             सामान्य अवस्थाभन्दा दशैंमा एयरलाइन्सको उडान चाप हुन्छ । यात्रुको सङ्ख्या अत्यधिक भएपछि कम्पनीले उडान सङ्ख्या थपेर भए पनि सेवा दिन्छन् । यो पटकको दशैंमा पनि हवाई यात्रुको अत्यधिक चाप हुने एयरलाइन्सको भनाइ छ ।   एयरलाइन्सका अनुसार हवाई उडान सङ्ख्या बढेसँगै विमानस्थलको आन्तरिक उडानमा समस्या आएको छ । क्षेत्रीय हब विमानस्थलमा स्लट व्यवस्थापन नहुँदासम्म यो समस्या कम नहुने एक एयरलाइन्सका अधिकारीको बुझाइ छ । अहिले बुद्धको १४०, यतीको करिब ५०, श्री एयरलाइन्सको १६ र सौर्यको आठ तथा गुणलगायत एयरलाइन्सको उडान सङ्ख्या पनि बढेको छ ।     राति ९ बजेसम्म उडान             काठमाडौं विमानस्थल बिहान ६ देखि साँझ ७ बजेसम्म सञ्चालन हुन्छ । काठमाडौंबाट छुटेका जहाज गन्तव्य पुगेर फर्कंदा राति ८ः३० देखि ९ः१५ बजेसम्म समय लाग्छ । यसरी हेर्दा आन्तरिक उडान पनि राति ९ बजेसम्म सञ्चालन भइरहेको छ । विशेषगरी क्षेत्रीय हब विमानस्थल रात्रिकालीन उडान योग्य भएकाले पनि उडान व्यवस्थापनमा सहजता आएको विमानस्थलको भनाइ छ ।             सामान्य अवस्थामा भन्दा दसैँका बेला दैनिक १० देखि १५ उडान सङ्ख्या बढ्न सक्ने विमानस्थलले बताएको छ । अहिले आन्तरिकतर्फ दैनिक करीब ३०० ओटा उडान भइरहेको छ । रासस

यतीको दसैं अफरमा स्कुटरदेखि हिरा जित्ने मौका

यती एयरलाइन्सले दसैं, तिहार र छठ पर्वलाई लक्षित गरेर यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दसैं तिहार योजनाअन्तर्गत यात्रुले स्कुटरदेखि हिरासम्मका उपहार प्राप्त गर्न सक्ने जनाएको छ ।उक्त अभियानमा प्रथम विजेतालाई यमाहाको फसिनो १२५ एफ आई स्कुटर, दोस्रो विजेता एक जोडीका लागि दुबई जानेआउने हवाई टिकट र तेस्रो हुनेलाई हिराको […]