बथनाहा–विराटनगर कार्गो रेल : उद्घाटन भएको २ महीना बित्यो, एउटै आएन

विराटनगर। नेपाल र भारतका प्रधानमन्त्रीले जेठ १८ गते संयुक्त रूपमा भारतको राजधानी नयाँदिल्लीमा स्वीच थिचेर हरियो झन्डा फहराएपछि भारतको बथनाहाबाट विराटनगर–१८, बुधनगरस्थित एकीकृत जाँच चौकी (आईसीपी)को कस्टम यार्डसम्म एउटा मालवाहक रेल (कार्गो रेल) आएको थियो । त्यसपछि लगातार कार्गो रेल आउला भन्ने आशमा रहेका स्थानीय २ महीना बित्दा पनि नआउँदा छक्क परेका छन् । विराटनगर–१८, भेडियारीका जगत मण्डल प्रत्येक दिन रेलवे क्रस गरेर विराटनगर बजारमा काम गर्न निस्कन्छन् । दिनमा दुईपटक रेलवे वारपार गर्दा उनको मनमा प्रश्न उठ्छ– किन नचलेको होला  रेल ?’ यो प्रश्न प्रदेशवासी धेरैसँग छ । त्यसो भए दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेको कार्गो रेल किन चलेन त ? नेपाल रेलवे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जन झा कम्पनीले असार १५ गते सूचना प्रकाशित गरी उद्योगी व्यवसायीलाई आवश्यक प्रक्रिया पूरा गरेर रेलमार्फत कार्गाे ढुवानी गर्न आह्वान गरेको बताउँछन् । तर, उद्योगी व्यवसायीले आवश्यक पूर्वाधार तयार नभएको भन्दै त्यो सूचनालाई नदेखेझैँ  गरे ।  सामान अनलोड गरेपछि राख्ने यार्ड नबनेको, रेलवेको कार्यालय नभएको र भन्सारले जाँचपास प्रक्रियाबारे जानकारी नगराएकाले उद्योगी व्यवसायी नयाँ रुटबाट सामान ल्याउन अनिच्छुक देखिएका छन् ।  त्यसैले उनीहरूले बथनाहाबाट आईसीपीमा नभई जोगवनी रेलवे स्टेशनमै सामान मगाएर अनलोड गरिरहेका छन् ।  रेलवेका साइट इन्जिनीयर रोशन देवले सामान अनलोडका लागि यार्ड बनाउने काम भइरहेको र सामान्य कार्यालयबाट पनि काम सञ्चालन गर्न सकिने बताए । उद्योगी व्यवसायीले कार्गाे ल्याए समस्या नहुने उनले भनाइ छ ।  उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले रेलवे कम्पनीको कार्यालय काठमाडौंमा रहेको र विराटनगरमा माल मगाउन काठमाडौं धाउनुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताए । अध्यक्ष सुराना विराटनगरमा नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास समितिले तुरुन्त कार्यालय खोलेर कार्गो रेल ल्याउने काममा सहयोग गर्नुपर्ने बताउँछन् । पूर्वाधारलगायत कुरा चाँडो सम्पन्न गरेर दुवै कम्पनीले विराटनगरमा कार्यालय खोलेपछि कस्टम यार्डसम्म वस्तु ढुवानी गर्न समस्या नहुने उनले बताए ।  मोरङ व्यापार संघका वरिष्ठ उपाध्यक्ष एवं प्रिमियर स्टीलका सञ्चालक अनुपम राठीले नयाँ कस्टम यार्डमा सबै सुविधा उपलब्ध नभएकाले आफूले उद्योगका लागि आवश्यक पर्ने कच्चा पदार्थ स्पन्ज आइरन जोगवनी रेलवे स्टेशनको यार्डमा पल्टी गरेर ट्रकमार्फत उद्योगमा ल्याइरहेको बताए । राठीले जोगवनीको यार्ड गहिरो ठाउँमा भएको हुँदा सामान्य पानी पर्दा पनि पोखरी बन्ने समस्या रहेको र यसअघि स्पन्ज आइरन पानीमा ढुबेकाले ढुवानी गर्न निकै कठिनाइ भएको बताए ।  कस्टम यार्डमा रेलवे र इन्टरमोडल यातायात विकास समितिको कार्यालयसमेत छैन स्पन्ज आइरन पानी जमेको ठाउँमा अनलोड गर्दा पानीले यसको स्ट्रेन्थ नष्ट हुने उनले बताए । त्यसैले आईसीपीसम्म कार्गो रेल ल्याउन सरकारी निकायले चासो देखाउनैपर्ने उनको माग छ । संघका उपाध्यक्ष विकास बेगवानी सरकारी निकायले कार्गो रेल सञ्चालनमा चासो नदिँदा उद्योगी व्यवसायीलाई मात्रै नभएर नेपाल रेलवे कम्पनी र नेपाल इन्टरमोडल यातायात विकास कम्पनीलाई समेत घाटा भइरहेकोतर्फ सोच्नुपर्ने बताउँछन् । कार्गो रेल सञ्चालनबाट उद्योगी व्यवसायीलाई लाभ हुने त छँदै छ, यी दुई सरकारी निकायले पनि राजस्व संकलन गर्न पाउँछन् ।  सरकारी निकायको अम्दानी बढाउन पनि कार्गो रेल चाँडो सञ्चालन गर्नुपर्ने उनले बताए । संघका सचिव एवं पायोनियर वायरका सञ्चालक अनिल शारडाले कस्टम यार्डसम्म रेलवे सञ्चालनको उद्घाटन भइसक्दा पनि आफूहरूले पुरानै रुटबाट माल ढुवानी गरिरहेको बताए । उनका अनुसार पूर्वका फलाम उद्योगले अझैसम्म भारतको जोगवनी रेलवे स्टेशनको यार्ड प्रयोग गरेर कच्चा पदार्थ ढुवानी गरिरहेका छन् ।  उद्योगी शारडाले सरकारी पक्षले विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तदारुकता नदेखाएको आरोप लगाए । उनले सरकारको यही अकर्मण्यताका कारण जोगवनी यार्डमार्फत कच्चा पदार्थ आयात गर्न बाध्य हुनुपरेको गुनासो गरे । शारडाका अनुसार दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेकोे बथनाहा–आईसीपी खण्डमा कार्गो रेल पहिलो दिन आयो, सबैले फोटो खिचाए, त्यसपछि त्यो बन्द भयो । फोटो खिचाउनमात्र उद्घाटन गरिएको हो कि भन्ने भान हुन थालेको बताउँदै सारडाले अगाडि थपे, ‘सरकारका सम्बद्ध निकायले दुई देशका प्रधानमन्त्रीको उद्घाटनलाई नै निष्प्रभावी सिद्ध गरिदिए । दुई–दुई देशका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरेको संरचना त सञ्चालन हुने वातावरण बनाइँदैन भने अरू निर्णय कार्यान्वयन हुन्छन् भनेर कसरी विश्वास गर्ने ?’

सम्बन्धित सामग्री

‘बथनाहदेखि विराटनगरसम्म कार्गो रेल ल्याउन कुनै समस्या छैन’

भारतको बथनाह देखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न कुनै समस्या नरहेको स्पष्ट पारेको छ।...

लिक बनेको चार वर्षपछि बल्ल कार्गो रेल आउँदै

२०७६ सालमै परीक्षण गरेर तयारी अवस्थामा रहेको विराटनगरको कस्टम यार्डसम्म आज बिहीबारदेखि रेल आउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणकै बेला विराटनगरसम्म कार्गो रेल आउन लागेको हो । रेलको लिक परीक्षण सफल भएको चार वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको थिएन । रेलमार्ग निर्माण गर्ने क्रममा कटहरी […]

विराटनगरको आईसीपीसम्म कार्गो रेल ल्याउने तयारी

बिराटनगर, मंसिर ८ । भारतको सीमावर्ती रेल स्टेसन बथनाहाबाट विराटनगर बुधनगरको आईसीपीको कस्टम यार्डसम्म आगामी पुस महिनाको दोस्रो हप्तासम्ममा कार्गे रेल ल्याउने पहल बढेको छ । कोलकाता बन्दरगाहबाट विराटनगर–१८, बुधनगरस्थित आईसीपीसम्म डिसेम्बर १५ (मङ्सिर अन्तिम)सम्ममा कार्गो रेल ल्याउने प्रक्रिया अगाडि बढाइएको हो । भारतको रेल विभागले आईसीपीसम्म काम सम्पन्न भएको क्षेत्रमा कार्गोरेल ल्याउने सङ्केत दिन […]

विराटनगरसम्म कार्गो रेल चलाउने तयारी, पूर्वाधार निर्माणको ठेक्का आह्वान

विराटनगर भन्सार कार्यालयमा कार्गो रेल चलाउन नेपाल इन्टरमोडल यातायात विकास समितिले तयारी थालेको छ । समितिले कार्गो रेल सञ्चालनको पूर्वाधार तयार गर्न टेण्डर आह्वान गरेको हो ।समितिले बुधबार विराटनगर एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा रेल र्याड र कन्टेनर यार्ड सञ्चालनका लागि पूर्वाधार निर्माणको ठेक्का आह्वान गरेको हो । समितिका कार्यकारी निर्देशक आषिस गजुरेलले ठेक्का आह्वान भएको बताए ।उनले विराटनगर भन्सारमा कार्गो रेलमार्फत सामान ढुवानी सुरू भएमा लोजिस्टिक कस्टमा उल्लेख्य गिरावट आउने बताए । गजुरेलले

नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न पहल

भारतको बथनाहादेखि विराटनगर बुधनगर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) स्थित नेपाल कस्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्तर सरकारी समन्वयको काम थालेको छ । मोरङको कटहरीसम्म विस्तार भइरहेको रेलमार्ग निर्माण हुन अझै समय लाग्ने भएपछि सम्पन्न भइसकेको बुधनगरसम्म कार्गो रेल ल्याउन छलफल थालिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले आईसीपीसम्म कार्गो रेल ल्याउने विषय भारतीय पक्षसँग छलफल गर्ने स्तरमा पुगेको जा

वीरगञ्जमा निजी कम्पनीको कार्गो रेल (फोटो फिचर)

पर्सा : कन्टेनर कर्पोरेशन अफ इन्डिया (कोन्कर) को नेपालमाथिको मालवस्तु ढुवानी गर्ने एकाधिकार तोड्दै भारतकै निजी रेल कम्पनी हिन्द टर्मिनल्स प्रा.लि.ले पहिलो पटक कार्गो रेल नेपाल ल्याइपुर्‍याएको छ। हिन्द टर्मिनल्सले ८८ वटा कन्टेनर बोकेको कार्गो रेल हल्दिया पोर्टबाट पहिलो पटक नेपालको पहिलो सुख्खा बन्दरगाह ल्याइपुर्‍याएको हो। आयातमुखी अर्थतन्त्र बोकेको नेपालका आयतकर्ताले खरिद गरेका विभिन्न मालबस्तु  समुद्रिक बन्दरगाहबाट रेल मार्फत पनि सोझै नेपाल आउन थालेको डेढ दशक भयो। तथापि भा

सम्झौता भएको १७ वर्षपछि वीरगंज आइपुग्यो भारतबाट निजी कार्गो रेल

काठमाडौंः नेपाल-भारत रेल सेवा सुरुवातको १७ वर्षपछि भारतबाट निजी क्षेत्रको कार्गो रेल नेपाल आइपुगेको छ। बुधबार बिहान वीरगंज सुक्खा बन्दरगाहमा कार्गो रेल आइपुगेको हो। हल्दियाबाट ३५ घण्टामा हिम्ड टर्मिनल प्रालिको र्‍याक कार्गो रेल वीरगंज आइपुगेको इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए। कार्गो रेल बिहान १० बजे वीरगन्जस्थित…

नेपालमा भारतबाट पहिलो पटक निजी कार्गो रेल वीरगन्ज आइपुग्यो

वीरगन्ज । नेपालमा भारतबाट पहिलो पटक निजी कार्गो रेल वीरगन्ज आइपुगेको छ । भारतको हल्दियाबाट सो रेल आज (बुधबार) बिहान १०:१५ बजे वीरगन्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो । यस अघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो । भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने […]

वीरगन्जको सुख्खा बन्दरगाहमा आइपुग्यो निजी कार्गो रेल

वीरगन्ज महानगरपालिका वडा नम्बर २५ स्थित सुख्खा बन्दरगाहमा पहिलोपटक भारतबाट निजी क्षेत्रको कार्गो रेल बुधबार आइपुगेको छ। बुधबार बिहान १० बजे हिम्ड टर्मिनल प्रालीको एक र्‍याकको कार्गो रेल आईपुगेको इन्टरमोडल...

नेपाली कार्गो रेल भारतमा पनि चल्ने

काठमाडौं, असार २६ । कार्गो ढुवानीका लागि नेपाली रेल भारतमा समेत सञ्चालन गर्ने बाटो खुला भएको छ । शुक्रबार नेपाल र भारतबीच संशोधित रेल सेवा सम्झौताको लेटर अफ एक्सचेन्जमा सहमति जुटेसँगै पारवहनका लागि नेपाली रेलले वीरगञ्ज र विराटनगरदेखि कोलकाता÷हल्दियासम्म रेल सेवा दिनसक्ने भएको हो । सम्झौतामा नेपाल रेलवे कम्पनीको स्वामित्वमा रहने रेलले भारतमा समेत कार्गो […]