लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध पुन: अविश्वासको प्रस्ताव आएको छ । कांग्रेस, माओवादी, जसपा र राजमोका गरी ४१ सांसदले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव पेश गरेका हुन् । अविश्‍वासको प्रस्तावमा माओवादी केन्द्रका कुलप्रसाद केसी सोनामलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गरिएको छ । यसअघि दर्ता भएको अविश्वासको प्रस्तावमा मतदान हुनुअगावै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकारको मुख्यमन्त्रीका रूपमा पुन: शपथ लिएका थिए । मुख्यमन्त्री पोखरेलले शपथ लिनुअगावै एक सांसद माओवादी केन्द्रमा प्...

सम्बन्धित सामग्री

विशेष अधिवेशनअघि नै लुम्बिनीका मुख्यमन्त्री पोखरेलले राजीनामा दिने सम्भावना

विपक्षी गठबन्धनले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेको मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको लुम्बिनी सरकार रहने नरहने भन्नेबारे बुधबार छिनोफानो हुने भएको छ ।

लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

यमलाल भुसाल, बुटवल ।  लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । मुख्यमन्त्री पोखरेलविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन समेत माग गरेका छन् । विपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका सांसदले प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । त्यसपछि प्रदेश प्रमुख अमिक […]

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेल कति दिन सुरक्षित ?

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै लुम्बिनी सरकार संकटमा परेको छ।मुख्यमन्त्री पोखरेलले संविधानको धारा १८८ अनुसार ३० दिनभित्र विश्वासको मतका लागि प्रदेशसभा समक्ष प्रस्ताव गर्नुपर्नेछ। विश्वासको मत लिन नसकेमा मुख्यमन्त्रीबाट पदमुक्त हुने संवैधानिक व्यवस्था छ। लुम्बिनीमा एमालेका ४१ सांसद छन्। सरकार जोगाउन माधव नेपाल समूह निर्णायक देखिएको छ।