कोरोना कहर: त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय अन्तर्गत सञ्चालनमा रहेका परीक्षा स्थगित भएका छन्। आज बसेको बैठकले हाल सञ्चालनमा रहेको वार्षिक तथा सेमेष्टर प्रणालीका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ। आइतबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि परीक्षा स्थगित गरेको हो। ‘ओमिक्रोन भेरियन्टको तीव्र संक्रमणका कारण उपत्यका र बाहिरका अधिकांश परीक्षा केन्द्रमा परीक्षासँग सम्बन्धित विद्यार्थी, कर्मचारी एवम् […]

सम्बन्धित सामग्री

कोरोना कहर : पोखरा विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा आजैदेखि स्थगित

कोरोना महामारीलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत सुचारू भइरहेको र सुचारु हुने सबै परीक्षा अनिश्चितकालका लागि बन्द भएको छ । विश्वविद्यालयले सोमवारदेखि नै लागू हुने गरी सबै परीक्षा बन्द गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक प्रा.डा. टेक राज ज्ञवालीले जानकारी दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशन समितिको बैठकको निर्णयअनुसार परीक्षा स्थगित गरिएको हो ।