कोरोना कहर : पोखरा विश्वविद्यालय अन्तर्गतका सबै परीक्षा आजैदेखि स्थगित

कोरोना महामारीलाई मध्यनजर गर्दै पोखरा विश्वविद्यालय अन्तर्गत सुचारू भइरहेको र सुचारु हुने सबै परीक्षा अनिश्चितकालका लागि बन्द भएको छ । विश्वविद्यालयले सोमवारदेखि नै लागू हुने गरी सबै परीक्षा बन्द गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक प्रा.डा. टेक राज ज्ञवालीले जानकारी दिएका छन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसी निर्देशन समितिको बैठकको निर्णयअनुसार परीक्षा स्थगित गरिएको हो ।