काठमाडौं महानगरमा बालेन अगाडी

काठमाडौं, २ जेठ । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन साहले लिड गरिरहेका छन् । पछिल्लो जानकारी अनुसार साहले ७५३४ मत प्राप्त गरेका छन् । त्यस्तै, नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३९८२ मत ल्याएर दोस्रो स्थानमा छन् । नेपाली कांग्रेसको सिर्जना सिंहले ३४८६ मत ल्याएर तेस्रो स्थानमा छिन् ।

सम्बन्धित सामग्री

महानगर कार्यालय अगाडि बालेन र सुनिताविरुद्ध प्रदर्शन (फोटोफिचर)

काठमाडौं, १३ साउन । काठमाडौं महानगर प्रहरीले ज्यादती गरेको भन्दै नगरप्रमुख बालेन्द्र शाह र उप–प्रमुख सुनिता डंगोलको कार्यालय अगाडि प्रदर्शन भएको छ । स्वतस्फूर्त रुपमा प्रदर्शनमा उत्रिएका उनीहरुले काठमाडौं महानगरमा मानवता, सहानुभूति र जवाफदेहिता नभएको युवा नेतृत्व रहेको बताए । प्रर्दनमा उत्रिएकाहरुले ‘बालेन बन्ठे हुँदै गार्यौ, सुनिता ? गरिबको चमेली, हाम्रो चिनारी क्रुरता कि करुणा […]

काठमाडौं महानगरमा कति सम्पत्ति हुनेले कति कर तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगर पालिकाले आज आगामी आर्थिक वर्ष २०८०/८१ का लागि वार्षिक बजेट सार्वजनिक गरेको छ । महानगरका तर्फबाट उपमेयर सुनिता ढंगोलले बजेट सार्वजनिक गरेकी हुन् भने प्रमुख बालेन्द्र शाह(बालेन) ले २०८०/८१ को आर्थिक विधेयक पेस गरेका हुन् । जसअनुसार के शीर्षकमा कति कर लगाइयो वा छुट दिइयो भन्ने उल्लेख छ । कुन शीर्षकमा […]

काठमाडौं महानगर मतगणना अपडेट : ३७ हजार ७५१ मतगणना गर्न बाँकी

निर्वाचन आयोगको पछिल्लो अपडेट अनुसार काठमाडौं महानगरपालिकामा खसेको मतमध्ये ८०.२४ प्रतिशत गणना भइसकेको छ ।  गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरमा १ लाख ९१ हजार ५१ मत खसेको थियो । खसेको मतमध्ये हालसम्म १ लाख ५३ हजार ३०० मतगणना गरिसकिएको छ । यो भनेको खसेको कूल मतको ८०.२४ प्रतिशत हो । अब ३७ हजार ७५१ मतगणना गर्न बाँकी रहेको छ ।  आयोगका अनुसार हालसम्म भएको मतगणनाअनुसार काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५० हजार ७५० मत प्राप्त गर्दै सु

काठमाडौं महानगरमा बालेन शाह पहिलो स्थानमै

काठमाडौं महानगर प्रमुखमा ९ हजार ३५३ मतसहित स्वतन्त्र उम्मेदवार बालेन शाह पहिलो स्थानमै हुनुहुन्छ । प्रमुखमा नेकपा एमालेका केशव स्थापित ४ हजार ९७६ मतसहित दोस्रो र नेपाली काँग्रेसका सिर्जना सिंह ४ हजार ३४७ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ । महानगरका निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रमुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका मदनदास श्रेष्ठले ८४५, स्वतन्त्र उम्मेदवार सुमन सायमीले ६९१ मत ल्याउनुभएको जानकारी दिनुभयो । यसैगरी, प्रमुखमा निर्वाचन चिन्हहरु तराजुमा १०७, मादलमा १७, चक्का पाङ्ग्रोमा सात, कुखुराको भालेमा पाँच, सुगामा चार, खानेपानीको धारामा २१, करुवामा चार, किताबमा दश, बाघमा एक मत प्राप्त भएको छ ।