काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जनसरोकारका सवालमा चैत्र २-६ सम्म मातहत कमिटीहरुमा छलफल गर्ने भएको छ । आन्दोलन राजनीतिलाई सत्ताको खेल वा आगामी निर्वाचनको जोड घटाउबाट मुक्त गर्न थालिएको आन्दोलन भएको पार्टीका महासचिव घनश्याम भुसालले बताउनुभयो । उहाँले चैत्र ७-१५ सम्म केन्द्रिय तहमा विभिन्न क्षेत्रका संघ–सङ्गठन तथा व्यक्तिहरुसँग संवाद तथा सुझाव संकलन गर्ने बताउनुभयो । […]
नेपालगन्ज– पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीपले पैदल यात्रीलाई बाँकेको कोहलपुरमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । जिपको ठक्करबाट आज कोहलपुर नगरपालिका–१५ का ६० वर्षीय अटवारी थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक दीपक पातलीले जानकारी दिए । सडक छेउमा पैदल यात्रा गरिरहेका थारुलाई प्र २०३ ००१ च ३९९२ नं […]
ग्लोबल आईएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने विभिन्न शुल्कहरूको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवाशुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने योजना सार्वजनिक गरेको छ ।