उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट पेशी तोक्ने तयारी

काठमाडौँ- सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेक सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले उच्च तथा जिल्ला अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको हो। यसका लागि नियमावली संशोधन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिइएको सर्वोच्चको स्रोतले देशसञ्चारलाई जानकारी दियो। न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा […]

सम्बन्धित सामग्री

उच्च अदालतमा सन्दीपको पहिलो पेशी चैत २३ मा

काठमाडौं । सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा गरेको पुनरावेदनको पहिलो पेशी तोकिएको छ । चैत २३ गतेलाई पेशी तोकिएको अदालत स्रोतले जानकारी दियो । उच्चले आज पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो । सन्दप् अदालतमा हाजिर भएर पेशी बुझेका छन् । यसअघि जिल्ला अदालत काठडमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई ८ वर्षको जेल […]

पल शाहका म्यानेजर जोशीलाई पनि थुनामै राख्न निवेदन

काठमाडौं : बलात्कारको आरोपमा थुनामा रहेका नायक पूर्णविक्रम (पल) शाहको मुद्दामा आज पनि सुनुवाइ हुन सकेन। उच्च अदालत पोखरामा आजको लागि पेशी तोकिए पनि अदालतले उनका म्यानेजर कृष्ण जोशीको मुद्दालाई पनि सँगै राखेर हेर्ने आदेश मात्रै भएको अदालतका रजिष्ट्रार श्रीलाल पौडेलले जानकारी दिए।थुनामै रहेर मुद्दा अगाडि बढाउनुपर्ने जिल्ला अदालत तनहुँ र नवलपुरको आदेशविरुद्ध रिट लिएर शाह उच्च अदालत पोखरा पुगेका थिए। थुनामुक्त गर्न माग गर्दै रिट निवेदन लिएर उच्च अदालत पुगेका शाहको मुद्दामा यसअघि नै अद

अभिनेता पल शाह प्रकरणमा उच्च अदालतल माग्यो कैफियत प्रतिवेदन

काठमाडौं : तारिकमा रिहको माग गर्दै अभिनेता पल शाहले दिएको निवेदनको आज चढेको पेशीमा न्यायधीशले कैफियत प्रतिवेदन मगाउन आदेश दिएका छन्। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको थियो। मुद्दाको अवस्था बुझ्‍नका लागि जिल्ला अदालत तनहुँबाट कैफियत प्रतिवेदन माग गरिएको हो। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी…

कास्की उच्च अदालतमा पल शाहको निवेदनमाथि सुनुवाइ हुँदै

काठमाडौँ– अभिनेता पल शाहले आफूलाई पुर्पक्षका लागि थुनामा पठाउने तनहुँ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत कास्कीमा दिएको निवेदनमाथि बुधबार सुनुवाइ हुँदैछ। शाहले दिएको निवेदनको उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको एकल इजलासमा पेशी तोकिएको छ। न्यायाधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशीसमेत रहेका छन्। शाहको पेशीलाई पहिलो नम्बरमा राखिएको छ। शाहलाई जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि […]

अभिनेता पल शाहको निवेदन न्यायधीश राजभण्डारीको इजलासमा पेशी चढ्यो

काठमाडौं : अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को…

अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा

काठमाडौ :  रौतहट बम विस्फोटको अभियोगमा थुनामा रहेका नेपाली कांग्रेसका निलम्बित सांसद मोहमद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ।सर्वोच्च अदालतमा न्यायाधीश प्रकाशमान सिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा पेश चढे पनि हेर्न नमिल्नेमा परेको अदालत प्रशासनले जनाएको छ। इजलासमा उनको मुद्दा पहिलो नम्बरमै परेको थियो। मजदुरहरुलई इट्टा भट्टामा राखेर जिउँदै जलाएको आरोपमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले थुनामा राख्ने आदेश दिएपछि आलम २०७७ मंसिरमा सर्वोच्च गएका थिए। यसअघि प

सर्वोच्च अदालतमा पेशी चढेको अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।  आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।  पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।  नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।