उच्च अदालतमा सन्दीपको पहिलो पेशी चैत २३ मा

काठमाडौं । सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा गरेको पुनरावेदनको पहिलो पेशी तोकिएको छ । चैत २३ गतेलाई पेशी तोकिएको अदालत स्रोतले जानकारी दियो । उच्चले आज पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो । सन्दप् अदालतमा हाजिर भएर पेशी बुझेका छन् । यसअघि जिल्ला अदालत काठडमाडौंले बलात्कार मुद्दामा सन्दीपलाई ८ वर्षको जेल […]

सम्बन्धित सामग्री

एनसेलविरुद्धको मुद्दामा सुनुवाइ सुरु

एनसेलविरुद्ध परेको रिट निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ सुरु भएको छ। न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको एकल इजलासमा पेशी चढेको मुद्दामा सुनुवाइ थालिएको हो।...

उच्च अदालत पटानमा सन्दीप लामिछानेको निवेदनमा सुनवाई सकियो

काठमाडाैं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेको निवेदनमा सुनवाइ सकिएकाे छ । उच्च अदालत पाटनमा लामिछानेको निवेदनमा सुनुवाइ सकिएको हाे। उनको निवेदनको सुनुवाइ न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासमा भएको थियो। उनको मुद्दामा अधिवक्ताहरू शम्भु थापा, रमन श्रेष्ठ, कृष्ण भण्डारी, मुरारी सापकोटालगायतले बहस गरेका छन्। यसअघि ३ पटक पेशी चढे पनि […]

सन्दीप लामिछानेको मुद्दा 'हेर्न नभ्याइने' सुचीमा

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेकोको पेशीको सुनुवाई हेर्न नभ्याइनेमा राखिएको छ। उच्च अदालत पाटनमा पुनरावेदनको आज पेशी चढेको थियो। न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको थियो। तर समय अभावको कारण हेर्न नम्याइनेमा राखिएको छ। लामिछानेको भन्दा अगाडी ४…

सन्दीप लामिछानेको पुनरावेदन पेशी आज, बेरितको आदेश बदर होला ?

काठमाडौं : बलात्कारको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका नेपली क्रिकेट टीमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेशी आज परेको छ। न्यायधीश सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा पेशी चढेको हो। उच्च अदालत पाटनमा आज सन्दीपको पेशीमा बहस सकिएको खण्डमा आदेश आउने छ। आदेशको आधारमा सन्दीप जेलभित्र नै बसेर मुद्दा लड्ने, साधारण धरौटीमा…

गोला प्रथाले ‘हेर्न नमिल्ने’ मुद्दा बढे

३१ साउन, विराटनगर । उच्च अदालत विराटनगरका कामु मुख्यमन्यायाधीश सत्यमोहन जोशी थारुले गोला प्रथाबाट मुद्दाको पेशी तोक्न सुरु गरेपछि ‘हेर्न नमिल्ने’ मुद्दा बढेको बताएका छन् । २०७८ माघ २ गतेबाट तीनैै तहका अदालतमा गोला प्रथाबाट पेशी तोक्न सुरु गरिएको थियो । मंगलबार पत्रकारसँगको अन्तर्क्रियाका क्रममा उनले गोलाप्रथा सुरु भएपछि धेरै मुद्दा हेर्न नमिल्ने न्यायाधीशकोमा परेको […]

अभिनेता पल शाहको निवेदन न्यायधीश राजभण्डारीको इजलासमा पेशी चढ्यो

काठमाडौं : अभिनेता पल शाहले दिएको निवेदनको आज पेशी चढेको छ। उच्च अदालत कास्कीका न्यायाधीश रमेशप्रसाद राजभण्डारीको इजलासमा पेशी तोकिएको हो। न्यायधीश राजभण्डारीको इलासमा अन्य चारवटा पेशी छन्। शाहको पेशी भने पहिलो नम्बरमा नै राखिएको छ। जिल्ला अदालत तनहुँले पुर्पक्षका लागि थुनामा पठाएको आदेशविरुद्ध शाहले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को…

सिद्धबाबा विरुद्धको मुद्दामा आज सुनुवाइ हुने सम्भावना कति ?

सुनसरीको बराहक्षेत्रस्थित चतराधाममा बस्ने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करणीको मुद्दामा उच्च अदालत विराटनगरमा आज पेशी तोकिएको छ । यद्यपि सुनुवाइ हुने सम्भावना कम छ । उच्च अदालत विराटनगरले मुद्दाको पेशी यसअघि फागुन २५ गतेको गोलाप्रथामा मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र न्यायाधीश तेजनारायण सिंह राईको ३ नम्बर इजलासमा परेको थियो । उक्त इजलासमा सुनुवाइपछि मुख्य न्यायाधीश श्रेष्ठले ‘म रहितको इजलाशमा पेश गर्नु’ भन्ने आशयको आदेश दिँदै आजका लागि पेशी तोकेका थिए । न्

उच्च अदालत र जिल्ला अदालतमा पनि गोलाप्रथाबाट पेशी तोक्ने तयारी

काठमाडौँ- सर्वोच्च अदालतले देशभरका उच्च र जिल्ला अदालतमा पनि गोला प्रक्रियाबाट पेशी तोक्ने तयारी सुरु गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाहेक सबै न्यायाधीशहरुको बुधबारको पूर्ण बैठकले उच्च तथा जिल्ला अदालतमा गोलाप्रथाबाट पेशी तोक्ने निर्णय गरेको हो। यसका लागि नियमावली संशोधन गर्न सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिइएको सर्वोच्चको स्रोतले देशसञ्चारलाई जानकारी दियो। न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा […]

सर्वोच्च अदालतमा पेशी चढेको अफताव आलमको मुद्दा 'हेर्न नमिल्ने'मा

इँटाभट्टामा मजदुरलाई जिउँदै जलाएको अभियोगमा थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताव आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको छ ।  आज न्यायाधीश प्रकाशमानसिंह राउत र कुमार रेग्मीको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको थियो ।  पेशी पहिलो नम्बरमै भए पनि हेर्न नमिल्नेमा राखिएको सर्वोच्च अदालतले जनाएको छ ।  नेता आलमलाई जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले दिएको थुनामा राख्ने आदेशविरुद्ध सर्वोच्चमा निवेदन दिएका थिए ।