चर्च ब्वाइजले जित्यो ‘ए’ डिभिजन लिगको उपाधि

काठमाडौँ- चर्च ब्वाइज युनाइटेड फुटबल क्लबले राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन फुटबल लिगको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा मंगलबार भएको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेलेसँगै चर्च ब्वाइजले पहिलो प्रयासमै लिगको उपाधि जितेको हो । चर्च ब्वाइजले एक खेलअगावै लिगको उपाधि चुमेको हो ।...

सम्बन्धित सामग्री

फेरिएको चर्च ब्वाइज

१७ माघ, पोखरा । चर्च ब्वाइज युनाइटेड शहीद स्मारक ए डिभिजन लिगको च्याम्पियन टिम हो । ए डिभजन डेब्यूमै उपाधि जित्दै चर्च ब्वाइजले तीन श्रेणीको लिग लगातार जित्ने मनाङ मर्स्याङ्दीको कीर्तिमान बराबरी गरेको थियो । गत सिजनको लिग २०७९ मा सुरु भएर २०८० जेठमा सकिएको थियो । जहाँ ए डिभिजन लिग डेब्यूमै च्याम्पियन बनेर चर्च […]

ए डिभिजन लिग : तीन चरणकाे खेल बाँकी, राेमाञ्चक बन्दै प्रतिस्पर्धा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगमा २३ औँ चरणका खेल सकिँदासम्म उपाधि कसले जित्ने र 'रेलिगेशन जाेन' मा काे पर्छ भन्ने टुङ्गो छैन । लिग अन्त्यको सङ्घारमा आइपुगेको अवस्थामा तीन चरणका खेलमात्र बाँकी छन् । बाँकी तीन चरणमा कसले काेसँग खेल्ने भन्ने निश्चित भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समीकरण प्रतिस्पर्धात्मक बनेको छ । यसै सिजन बढुवा भएको चर्च ब्वाइज युनाइटेडले स्टार खेलाडीलाई समेट्दै लिग सुरु गरेसँगै २३ औँ चरणमा शी...

लिगको ११ औँ चरण सकिँदा थ्रीस्टार उपाधि होडमा फर्कियो

काठमाडौँ – सहिद स्मारक ए डिभिजन लिग फुटबलको ११ औँ चरणका खेल आइतबार सकिएका छन्। ११ औँ चरणको अन्तिम खेलमा दशरथ रङ्गशालामा आइतबार साँझ थ्रीस्टारले संकटा क्लबलाई ३–० ले पराजित गर्‍यो। जितसँगै थ्रीस्टार अङ्क तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। ११ औँ चरणका खेलसँगै लिगमा अपराजित टोली पनि कुनै बाँकी रहेनन्। चर्च ब्वाइज एक्लो अपराजित टिमका […]

मच्छिन्द्रलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

पोखरा – चर्च ब्वाइज युनाइटेड फुटबल क्लब गत चैतमा बि डिभिजन लिग च्याम्पियन बन्दै ए डिभिजनमा बढुवा भयो। चर्च ब्वाइज ए डिभिजन लिगमा बढुवा हुनु एक महिनाअगाडि मात्रै मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिगको उपाधि चुम्दै च्यम्पियन बन्यो। आइतबार ‘ए’ डिभिजन लिग च्याम्पियन मच्छिन्द्र र भर्खर ए डिभिजनमा उक्लिएको चर्च ब्वाइज क्लब पोखरा रंगशालामा आमनेसामने […]

सहिद स्मारक ‘ए’ डिभिजन लिग : रोमाञ्चक खेल, न्यून दर्शक

सहिद स्मारक ‘ए’ डिभिजन जस्तो घरेलु शीर्ष लिग जित्न कुनै पनि क्लबलाई लामो पर्खाइ र धैर्य आवश्यक हुन्छ । ठूलो अप्ठ्यारो सामना गर्नु पर्छ । किनभने लिग फुटबल उपाधि जित्नु भनेको चानचुने कुरा होइन । लिग फुटबल लामो समय चल्ने गर्छ । सबैले सबै टिमविरुद्ध प्रतिस्पर्धा गर्नु पर्छ । अझ यस पालि सहिद स्मारक ‘ए’ डिभिजन लिग दोहोरो संरचनामा भयो । त्यसैले यस पटकको लिग अझ कठिन थियो तर चर्च ब्वाइज युनाइटेड अपवाद बन्यो । चर्च ब्वाइजले देशको सबभन्दा ठूलो लिग फुटबल प्रतियोगिता सहिद स्मारक ‘ए’ डिभिजन लिग जित्न एक वर्ष पनि कुर्नु परेन । चर्च ब्वाइज अकस्मात् नेपाली फुटबलमा

चर्च ब्वाइज डेब्युमै लिग च्याम्पियन

चर्च ब्वाइज युनाइटेड क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग उपाधि जितेको छ । दशरथ रंगशालामा मंगलबार भएको खेलमा थ्रीस्टार क्लबसँग गोल रहित बराबरी खेल्दै चर्च ब्वाइजले एक खेल अगावै लिग जितेको हो ।