ए डिभिजन लिग : तीन चरणकाे खेल बाँकी, राेमाञ्चक बन्दै प्रतिस्पर्धा

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिगमा २३ औँ चरणका खेल सकिँदासम्म उपाधि कसले जित्ने र 'रेलिगेशन जाेन' मा काे पर्छ भन्ने टुङ्गो छैन । लिग अन्त्यको सङ्घारमा आइपुगेको अवस्थामा तीन चरणका खेलमात्र बाँकी छन् । बाँकी तीन चरणमा कसले काेसँग खेल्ने भन्ने निश्चित भए पनि त्यसबारे अन्तिम निर्णय हुन बाँकी छ । जसले गर्दा लिग रोमाञ्चक बनिरहेको छ र लिग समीकरण प्रतिस्पर्धात्मक बनेको छ । यसै सिजन बढुवा भएको चर्च ब्वाइज युनाइटेडले स्टार खेलाडीलाई समेट्दै लिग सुरु गरेसँगै २३ औँ चरणमा शी...