चीनकी चर्चित टेनिस खेलाडी पेंग शुआईले सोसल मिडियामा उनको पोस्टले ‘निकै ठूलो भ्रम’ फैलाएको बताएकी छिन् । शुआईले कुनै प्रकारको यौन शोषणको कुरा गर्न अस्वीकार गरेकी छिन् ।कुनै पनि पश्चिमी मिडिया आउटलेटलाई दिएको आफ्नो पहिलो अन्तरवार्तामा पेंग शुआईले उनी सामान्य जीवन बाँचिरहेको बताएकी छिन् । चीनका अधिकारीले पनि यस्तै भनिरहेका छन् ।वास्तवमा अघिल्लो वर्ष पेंग शुआईको एउटा सोसल मिडिया पोस्टमा शीर्ष चिनियाँ अधिकारीमाथि यौन उत्पीडनको आरोप लगाइएको थियो । पछि यो पोस्ट हटाइयो । त्यतिबेलादेखि