‘यौन शोषण’ प्रकरणमा कलाकारहरुले के भने?

काठमाडौँ – बुधबारदेखि विवादमा आएको एक यौन शोषण प्रकरणमा नेपाली कलाकारहरुले आफ्नो अभिव्यक्ति राखेका छन्। ब्युटी प्याजेन्टमा सहभागी एक मोडलले आफूमाथि मोडलिङ कन्सलट्यान्सीका मालिकले यौन शोषण गरेको भनी आरोप लगाएकी छन्। अभिनेत्री स्वस्तिमा खड्काले आफू पीडित भनिएकी युवतीको अस्पतालको भिडियो स्टोरीमा राख्दै यो घटनाले उनको मन छियाछिया भएको बताएकी छन्। उनले पीडितको पीडाको अनुमान लगाउन […]