कांग्रेस महाधिवेशनमा तीन घेरामा सुरक्षा व्यवस्था

काठमाडौं, मंसिर २४ । नेपाली कांग्रेसको शुक्रबारदेखि सुरु भएको १४ औं महाधिवेशनका लागि नेपाल प्रहरीले उच्च सुरक्षा व्यवस्था मिलाएको छ । उपत्यकाका तीनै जिल्लामा प्रहरीले आवश्यकतानुसार सुरक्षा सतर्कता बढाएको छ । मुख्यगरी महानगरीय प्रहरी कार्यालयको नेतृत्वमा शुक्रबार उपत्यकामा सुरक्षा प्रबन्ध गरिएको छ । महाधिवेशनलाई मात्रै केन्द्रित गरेर पाँच हजार बढी प्रहरी खटाइएको छ । कार्यक्रमस्थलाई […]

सम्बन्धित सामग्री

जनमत पार्टीको विरोधबीच सुरक्षा घेरामा बसेर यादव पुगे शिलान्यास कार्यक्रमस्थल

सीके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बावजुद जसपाका अध्यक्ष उपेन्द्र यादव मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराएर शिलान्यास गर्न लागिएको भन्दै जनमत पार्टी विरोधमा उत्रिएपछि उच्च सुरक्षा व्यवस्था गरिएको थियो । सुरक्षा घेरामा बसेर यादव शिलान्यासस्थलमा पुगेका छन् ।

संवेदनशील मतदान केन्द्रमा नेपाली सेनाको हवाई गस्ती

काठमाडौं, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्थामा सरकारले कडाइ गरेको छ । जनताले निर्भयपूर्वक मतदान गर्न पाऊन् भन्ने उद्देश्यले निर्वाचन सुरक्षाका लागि भित्री घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, बाहिरी घेरामा सशस्त्र प्रहरी र नेपाली सेना तैनाथ छन् । राज्यको सम्पूर्ण स्रोत साधन प्रयोग गरेर सबै सुरक्षा व्यवस्था मिलाइसकेको गृहमन्त्रालयका […]

प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा सुरक्षा व्यवस्था कडा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुरामा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा दुई हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको हो ।  प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीका अनुसार नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीलाई निर्वाचनका लागि परिचालन गरिएको छ । “तीनवटा घेरा बनाएर सुरक्षा व्यवस्था मिलाएका छौँ”, उनले भने, “मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी र तेस्रो घेरामा सेनाले सुरक्

‘चुनाव बिथाेल्न दिँदैनाैँ, मतपेटिका सुरक्षितरूपमा गणनास्थलसम्म पुग्छ’

काठमाण्डाै – यति बेला मङ्सिर ४ गते हुने चुनावकाे स्थिर समय (मौन अवधि) सुरु भएको छ । निर्वाचन आयोग र सरकारले चुनावका लागि सबै तयारी पूरा भएको बताइसकेको छ । चुनावका कारण भारत र चीनसँगका सीमा नाकाहरू बन्द छन् । मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यकाे चुनावका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ ।  चुनावमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोम...

‘मतपेटिकाहरु सुरक्षित रुपमा मतगणना स्थलसम्म पुग्नेछन्’

यतिबेला  निर्वाचनको मौन अवधि छ । निर्वाचन आयोग र सरकारले आइतबारको निर्वाचनका लागि सम्पूर्ण तयारी भएको बताइसकेको छ । निर्वाचनको कारण भारत र चीनसँगका सीमा नाकाहरु बन्द छन् । मंसिर ४ गते एकै चरणमा सम्पन्न हुने निर्वाचनका लागि सुरक्षा व्यवस्था पनि चुस्त बनाइएको सरकारले बताएको छ । निर्वाचनमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, म्यादी प्रहरी लगायतले सुरक्षा दिँदैछन् । मुख्यगरी निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेना रहनेछ । निर्वाचनको सुरक्षा चु

पर्सामा सुरक्षा व्यवस्था कडा

वीरगञ्ज । आज (शुक्रवार) हुने स्थानीय तहको निर्वाचनका लागि पर्सामा सुरक्षा व्यवस्था थप कडा पारिएको छ । जिल्लामा रहेका १६७ मतदानस्थल र ४०४ मतदान केन्द्रमा आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिएको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले मतदानस्थलको सुरक्षाका लागि पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो तथा अन्तिम घेरामा नेपाली सेनाको टोली पचिालन गरिएको जानकारी दिए । जिल्लामा निर्वाचनका लागि नेपाल प्रहरी र म्यादी प्रहरीसहित दुई हजार ७०० सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । यसैगरी सशस्त्र प्रहरीतर्फ ८०० जनशक्ति परिचालित भएको सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकाश पोखरेलले जानकारी दिए । भारतीय सीमा सुरक्षा बल (एसएसबी)का युनिटसँग पनि समन्वय गरी सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनले बताए । निर्वाचनमा खटिएका सबै कर्मचारी तथा सुरक्षाकर्मी तोकिएको मतदान केन्द्रमा पुगिसकेका छन् । मतपत्र, मत पेटिकासहितको विभिन्न प्रकारका आवश्यक सामग्रीसहित खटिएका कर्मचारी र सुरक्षाकर्मी आ–आफ्नो खटिएको क्षेत्रमा पुगेका हुन् । पर्सामा रहेका कुल १४ पालिकाको विभिन्न पदका जनप्रतिनिधिको निर्वाचनमा लागि कुल तीन हजार २९७ चुनावी प्रतिस्पर्धामा छन् । जिल्लामा हाल एक लाख ४८ हजार २८३ महिला, एक लाख ९१ हजार ५३७ पुरुष र १६ जना तेस्रो लिङ्गी गरी तीन लाख ३९ हजार ८३६ मतदाता छन् । रासस

यसपालिको निर्वाचनमा के छ सुरक्षा जोखिम?

काठमाडौँ- वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि सुरक्षा व्यवस्था कडा पारिएको छ। सरकारले मतदान हुुनुभन्दा केही दिनदेखि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्नुका साथै चुनावको दिन विभिन्न घेरामा खटाएको सुरक्षा संयन्त्रबीच मतदान सम्पन्न गर्ने तयारी गरेको छ। निर्वाचन सुरक्षाको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रो घेरामा नेपाल प्रहरी रहनेछन्। […]

मोदीलाई चारघेरे सुरक्षा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा चार घेरामा गरिने भएको छ । भारतीय विशेष कमान्डो टोली, नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीसहितको चारघेरे सुरक्षा व्यवस्था मिलाइएको हो ।

मतदान केन्द्रमा चेकजाँच (फोटो फिचर)

आज बिहीवार ४५ जिल्लामा भइरहेको निर्वाचनमा सुरक्षा व्यवस्था निकै व्यवस्थित र कडा पारिएको छ । मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरीले मतदाताको चेकजाँच गरिरहेका छन् ।