जनमत पार्टीको विरोधबीच सुरक्षा घेरामा बसेर यादव पुगे शिलान्यास कार्यक्रमस्थल

सीके राउत नेतृत्वको जनमत पार्टीको विरोधका बावजुद जसपाका अध्यक्ष उपेन्द्र यादव मधेस कृषि विश्वविद्यालयको शिलान्यास कार्यक्रममा सहभागी भएका छन् ।जसपाका अध्यक्ष उपेन्द्र यादवलाई सहभागी गराएर शिलान्यास गर्न लागिएको भन्दै जनमत पार्टी विरोधमा उत्रिएपछि उच्च सुरक्षा व्यवस्था गरिएको थियो । सुरक्षा घेरामा बसेर यादव शिलान्यासस्थलमा पुगेका छन् ।