नेपाली सेनाले दुई वर्षमा २११ विस्फोटक पदार्थ निस्क्रिय बनायो

काठमाडौं। नेपाली सेनाले पछिल्ला दुई आर्थिक वर्षमा देशका बिभिन्न स्थानमा २११ वटा बिस्फोटक पदार्थ (आइइडी) निस्क्रिय बनाएको छ। नेपाली सेनाका अनुसार आर्थिक वर्ष २०६६/७७ मा १२५ र २०७७/७८ मा ८६ वटा आइडी निस्क्रिय बनाइएको हो। बितेका चौबिस महिनामा एक महिनामा (२०७७ कार्तिक) मात्र सेनाले आइडी निस्क्रिय गर्नु परेन, बाँकी सबै महिनामा कुनै न कुनै स्थानमा आइडी सेनाले निस्क्रिय गरेको छ।

सम्बन्धित सामग्री

उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

काठमाडौँ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपुर्तिका लागि पहल गर्ने स्पष्ट पारे । करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले […]