उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भूस्थित बारुदखाना निरीक्षण

काठमाडौँ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपुर्तिका लागि पहल गर्ने स्पष्ट पारे । करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले […]