प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको नामकरण प्रदेश सभाको चालु हिउँदे अधिवेशनबाट नै टुंगो लगाउने प्रतिवद्धता व्यक्त गरेका छन् । मुख्यमन्त्री राईले मंगलबार भिडियो वक्तव्य जारी गरी चालु हिउँदे अधिवेशनबाट प्रदेशको नाम टुंगो लगाउने बताएका हुन् ।