महालेखा वार्षिक प्रतिवेदन- प्रदेश १ ले बाँड्यो १ अर्ब २३ करोड अनुदान

महालेखाले सार्वजनिक गरेको ५९ औं लेखापरीक्षण प्रतिवेदनअनुसार प्रदेश १ सरकार कृषि मन्त्रालयले विभिन्न अनुदानमा १ अर्ब २३ करोड ६२ लाख रुपैयाँ वितरण गरेको छ ।  अनुदान धेरै बाँड्ने प्रदेशहरूमा प्रदेश १ दोस्रो नम्बरमा परेको छ । यस्तै सबैभन्दा धेरै अनुदान सुदूरपश्चिम प्रदेशले बाँडेको छ । उक्त प्रदेशले आर्थिक वर्ष २०७७/०७८ मा १ अर्ब २८ करोड १३ लाख अनुदान बाँडिएको प्रतिवेदनमा उल्लेख छ । ‘प्रदेशहरूले विभिन्न प्रकारका अनुदान वितरण गर्न कार्यविधिहरू तर्जुमा गरेको देखिन्छ । यो वर्ष प्रदेश अन्

सम्बन्धित सामग्री

बैंक तथा वित्तीय संस्थाले १३ प्रतिशतले बढाए कर्जा लगानी

प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाले कर्जा लगानीमा १३.२ प्रतिशतले वृद्धि गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक वर्ष २०७८/०७९ को वार्षिक प्रतिवेदन अनुसार प्रदेश १ मा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाह २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा १३.२ प्रतिशतले बढेको हो । उद्योग, कृषि, सेवालगायतका क्षेत्रमा […]

प्रदेश १ ले पाँच वर्षमा नाम पाएन, अधिवेशन आजदेखि अन्त्य हुँदै

प्रदेश १ प्रदेशसभाको पाँच वर्षे कार्यकालको अन्तिम बैठक आज बस्दैछ । प्रदेशसभाको बैठक आज दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।  प्रदेशसभाको बजेट अधिवेशन गत साउन २२ गते स्थगित भएको थियो । प्रदेश १ को नामकरण गर्ने भन्दै दलहरुले छलफललाई तीब्र बनाएका कारण सहमतिका लागि भन्दै बैठक अन्त्य गरिएको थियो । यद्यपि दलहरुबीच नामको विषयमा सहमति हुन सकेन । आजको बैठकमा उद्योग पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष ०७८÷०७९ को वार्षिक प्रतिवेदन पेश हुने, प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था

प्रदेश १ मन्त्रिपरिषद् बैठकद्वारा ६ निर्णय

प्रदेश नंं. १ मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारअन्तर्गतका अस्पताल तथा आयुर्वेद औषधालयहरूको नाम संशोधन गर्नेलगायत केही कार्यविधि एवं निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मंगलबार बसेको बैठकले ६ वटा विषयमा निर्णय गरेको हो ।आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीका अनुसार, बैठकले महालेखा परीक्षकको चौधौं वार्षिक प्रतिवेदन, २०७९ प्रदेशसभामा पेश गर्न स्वीकृति प्रदान गरेको छ । त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रस्ताव गरेको जनता

प्रदेश १ मा मधेसी आयोगको प्रतिवेदन हस्तान्तरण

प्रदेश नं १ का प्रदेश प्रमुख परशुराम खापुङलाई मधेसी  आयोगले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन आज यहाँ बुझाएको छ । प्रदेश प्रमुख खापुङलाई आयोगका सदस्य  रेणुदेवी साहले  नेपालको संविधानको धारा, २९४ एवं मधेसी आयोग ऐन २०७४ को दफा २२ बमोजिम आव २०७७/७८ मा सम्पादन गरेको कामसँग सम्बन्धित तेस्रो वार्षिक प्रतिवेदन हस्तान्तरण गरेकी हुन् ।सो अवसरमा प्रदेश प्रमुख खापुङले मधेसको समस्या मधेसको मात्र नभएर सबैको साझा समस्या भएकाले देश, सरकार, समाजले एकजुट भएर समाधान गर्नुपर्ने बताए । उनले आय

प्रदेश १ सरकारले सुशासन कायम गर्न नसकेको संसदीय समितिको ठहर

विराटनगर । प्रदेश नम्बर १ को सुशासन तथा योजना समितिले सुशासनको मूल्य मान्यता र ऐन नियमअनुसार जनताले महसुस गर्ने गरी व्यवहारमा प्रदर्शन गर्न सरकारलाई सुझाव दिएको छ ।  समितिका सभापति अर्जुनकुमार राईले प्रदेशसभाको सोमबार बसेको बैठकमा समितिको वार्षिक प्रतिवेदन पेश गर्दै पर्याप्त विशेषज्ञ र स्रोत साधन नभएको अवस्था अन्त्य गर्न, दिएको...

प्रदेश १ को मुख्यमन्त्री कप : आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर

विराटनगर / प्रदेश १ को विवादस्पद मुख्यमन्त्री कप फुटबल प्रतियोगितामा आर्थिक अनियमितता नभएको ठहर सार्वजनिक लेखा समितिले गरेको छ । प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर गरेको छानबिनको वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ । समिति सभापति शिवनारायणसिंह गन्गाईंले बिहीबार प्रदेश सभामा दुई वर्षअघि सम्पन्न विवादास्पद प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन पेस... The post प्रदेश १ को मुख्यमन्त्री कप : आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर appeared first on Purbeli News.

मुख्यमन्त्री कप फुटबलमा आर्थिक अनियमितता नभएको लेखा समितिको ठहर

मोरङ – प्रदेश १ को सार्वजनिक लेखा समितिले दुई वर्ष लगाएर विवादास्पद बनेको मुख्यमन्त्री कप फुटबल प्रतियोगितासहित वार्षिक प्रतिवेदन सदनमा पेस गरेको छ। लेखा समितिका सभापति शिवनारायण गन्गाईले बिहीबार प्रदेश सभामा विवादास्पद बनेको प्रतियोगिताको विवरणसहित समितिको वार्षिक प्रतिवेदन सदनमा पेस गरेका हुन्। ०७६ साल असारमा सम्पन्न प्रतियोगिता विवादास्पद बनेपछि समितिले ०७६ साल साउन ९ गते […]

प्रदेश लोकसेवा आयोगले एक नम्बर प्रदेश प्रमुखलाई बुझायो पहिलो वार्षिक प्रतिवेदन

विराटनगर: लोकसेवा आयोग प्रदेश १ ले प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’लाई प्रथम वार्षिक प्रतिवेदन २०७६/२०७७ बुझाएको छ। आइतवार कर्मचारीलाई प्रतिवेदनको पुस्तिका पठाइ सन्चार माध्यमद्वारा प्रदेशलोक सेवा आयोगका अध्यक्ष उत्तम कुमार भट्टराईले सो विषयमा प्रदेश प्रमुख अधिकारीलाई जानकारी गराएका हुन्। प्रदेश लोकसेवा आयोगको प्रथम वार्षिक प्रतिवेदनको परिच्छेद १० मा पृष्ठ