टर्कीमा बिहीबार २०० बढी उडान रद्द हुने

टर्कीको राजधानी इस्तानबुलबाट बिहीबार हुने २०० भन्दा बढी उडान रद्द भएका छन् । इस्तानबुलमा रहेका दुई विमानस्थलबाट हुने ती उडानहरू अत्यधिक हिमपातका कारण रद्द भएको अधिकारीहरूले जनाएका हुन् । उनीहरूले बुधबार बताए अनुसार, इस्तानबुल विमानस्थलबाट बिहीबार हुने १८५ ओटा  उडान रद्द भएका हुन । ती मध्ये आन्तरिक उडान अन्तर्गत १४४ ओटा र ७१ ओटा अन्तर्राष्ट्रिय उडान रद्द भएका हुन । त्यसैगरी अनाडेलुजेटका २० आन्तरिक उडान पनि रद्द भएको अधिकारीहरूले जानकारी दिएका छन् । मौसममा सुधार नभएमा अरु उडान पनि र

सम्बन्धित सामग्री

गो एयरद्वारा मे २६ सम्मका सबै उडान रद्द

भारतीय गो फस्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ।यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो। ‘सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्ट उडानहरू रद्द गरिएको छ, यसका लागि कम्पनीले खेद प्रकट गर्दछ’, गो फस्टले भनेको छ, ‘उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।‘एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ। ‘उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीका

युगाण्डा जाने चार्टर्ड उडान रद्द

काठमाडाैं । युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे छ । नेपाल वायुसेवा निगम र नेपाली सेनाबीच द्विपक्षीय सहमतिअनुसार संयुक्त राष्ट्रसंघअन्तर्गत विभिन्न देशहरुमा शान्ति स्थापनार्थ खटिई लैजाने क्रममा युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे हाे । निगमका प्रवक्ता रमेश पाैडेलले युगाण्डा जाने चार्टर्ड उडान रद्द भएकाे पुष्टि गर्नुभयाे । उहाँले भन्नुभयाे, ‘अफ्रिकी मुलुक युगाण्डा जाने चार्टर्ड […]

आज यति एयरलाइन्सका सबै उडान रद्द

काठमाडौं : यति एयरलाइन्सले सोमबारका लागि पूर्वनिर्धारित सबै उडान रद्द गरेको छ । सूचना जारी गरी एयरलाइन्सले सोमबारका लागि तोकिएका सबै नियमित उडान रद्द गरेको जनाएको हो ।तर आपतकालीन उद्धार उडान भने जारी राख्ने एअरलाइन्सले जनाएको छ। आइतबार  चालक दलका चार सदस्यसहित ७२ जना बोकेको यति एअरलाइन्सको विमान पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा खसेको थियो । विमानमा सवारमध्ये ६९ जनाको शव फेला परिसकेको छ।

प्रतिकूल मौसमका कारण पोखरामा हुने सबै उडान रद्द

१७ साउन, काठमाडौं । प्रतिकूल मौसमका कारण मंगलबार पोखरामा निर्धारित सबै उडान रद्द भएका छन् । मंगलबार पोखराबाट निर्धारित र अन्य गन्तव्यबाट पोखरामा जाने सबै उडान रद्द भएको हो । बुद्ध एयरले मंगलबार पोखरामा निर्धारित सबै उडान प्रतिकूल मौसमका कारण रद्द भएको जानकारी गराएको छ । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार पोखरामा उपकरणमा आधारित अवतरण प्रणाली […]

नयाँ ‘इनरुट’ नियमविरुद्ध आज यति एयरका सबै उडान रद्द

काठमाडौँ । हवाई दुर्घटना कम गर्न भन्दै ल्याइएको नयाँ नियमको विरोधमा यति एयरलाइन्सले आज (बिहीबार)को सबै उडान रद्द गरेको छ । भिजिबिलिटीसम्बन्धी जानकारी दिने निकायबीचको अन्योलका कारण उडान नै प्रभावित हुन थालेपछि यतिले विरोधस्वरुप उडान रद्द गर्ने निर्णय गरेको हो । ‘इनरुट’सम्बन्धी अन्योलकै कारण हिजो (बुधबार) पनि काठमाडौँबाट ‘स्टल सेक्टर’मा हुने उडान प्रभावित भएको थियो […]

शीतलहरका कारण विराटनगर विमानस्थलका २० उडान रद्द

२८ पुस, विराटनगर । शीत लहरका कारण बुधबार विराटनगर विमानस्थलबाट बुधबार तोकिएका सबै उडान रद्द भएको छ । काठमाडौं-विराटनगरका १९ र विराटनगर-भैरहवाको एउटा गरी २० उडान रद्द भएको विमानस्थल प्रमुख उत्सव खरेलले बताए । शीत लहरका कारण मौसम नखुलेपछि सबै उडान र अवतरण रद्द भएको उनले बताए । मौसममा सुधार नभएपछि रात्रिकालीन उडान पनि रद्द […]

त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द !

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आज बुधवार बेलुकीका सबै आन्तरिक उडान रद्द भएका छन् । वायु सेवा कम्पनीहरूले सूचना निकालेर मौसम खराबीका कारण बेलुका ४ बजेपछिका सबै रात्रिकालीन उडान रद्द भएका जानकारी गराएका हुन् ।यसैबीच हिजाे मङ्गलवार रातिदेखि भएको वर्षा र हिमपातका कारण काठमाण्डौको त्रिभुवन विमानस्थलबाट हुने ३५ वटा उडान रद्द भएका छन् । आजका लागि ६५ वटा उडान तोकिएकोमा ३५ वटा उडान रद्द भएका विमानस्थलका सन्दीप न्यौपानेले जानकारी दिनुभयो ।काठमाण्डौमा पनि मौसम खरा...

आँधीका कारण जापानका ४९ उडान रद्द

जापानको दक्षिणपश्चिमी क्षेत्रका उडान रद्द भएको स्थानीय सञ्चार माध्यमहरूले शनिबार समाचार सम्प्रेषण गरेका छन् ।

काबुलका लागि एमिरेट्स एयरलाइन्सको उडान रद्द

एमिरेट्स एयरलाइन्सले अर्को सूचना नआउन्जेलका लागि अफगानिस्तानको राजधानी काबुलका लागि सबै उडान रद्द गरेको जानकारी आफ्नो वेबसाइटमा राखेको छ ।  तालिबान लडाकू समूह आइतवार काबुलमा प्रवेश गरेपछि एमिरेट्सले उडान रद्द गरेको हो ।  ‘काबुललाई अन्तिम गन्तव्य बनाएर टिकट बोकेका यात्रुहरूलाई यात्रा गराइने छैन,’ वेबसाइटमा उल्लेख गरिएको छ ।  दुबईको ध्वाजावाहक विमान फ्लाईदुबईले पनि काबुल जाने उडान रद्द गरेको छ ।

युएईले भारतबाट आउने सबै उडान रद्द गर्‍यो

काठमाडौं। युनाइटेड अरब इमिरेट्स (युएई)ले भारतबाट आउने सबै हवाई उडान रद्द गरेको छ।भारतमा कोरोना महामारीले स्थिति भयावह बनेपछि युएईले भारतबाट आउने सबै उडान रद्द गरेको हो। युएईको नागरिक उड्डयन प्राधिकरण र राष्ट्रिय आपतकालीन संकट तथा व्यवस्थापन प्राधिकरणले संयुक्त रुपमा उडान रद्दको घोषणा गरेका हुन्। युएईलाई ट्रान्जीट बनाई भारतमा हुने उडानहरु भने रद्द नगरिएको जनाइएको छ।