गो एयरद्वारा मे २६ सम्मका सबै उडान रद्द

भारतीय गो फस्ट एयरलाइन्स (गोएयर)ले मे २६ सम्मका लागि सबै उडान रद्द गरेको छ।यसअघि एयरलाइन्सले मे १९ सम्मका लागि उडान रद्द गरेको थियो। ‘सन् २०२३ को मे २६ तारिखसम्म का लागि तय गरिएको गो फस्ट उडानहरू रद्द गरिएको छ, यसका लागि कम्पनीले खेद प्रकट गर्दछ’, गो फस्टले भनेको छ, ‘उडान रद्द हुँदा भएको असुविधाका लागि हामी क्षमाप्रार्थी छौं।‘एयरलाइन्सले चाँडै नै भुक्तानीको सबै रकम पूर्ण फिर्ता गरिने बताएको छ। ‘उडान रद्द हुँदा तपाईँको यात्रा योजनामा बाधा पुगेको हुन सक्ने हामी स्वीका

सम्बन्धित सामग्री

ओरालो लाग्दै नेपाल एयरलाइन्सको बजार

काठमाडौं। सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को बजार अंश पछिल्लो २ वर्ष लगातार घटेको देखिएको छ । सन् २०२० सम्मका ९ वर्षमध्ये ७ वर्ष बढेको नेपाल एयरलाइन्सको बजार अंश सन् २०२१ र २२ मा लगातार घटेको हो । सन् २०२० मा २५ प्रतिशत पुगेको नेपाल एयरलाइन्सको बजार अंश २०२१ मा २० प्रतिशत र २०२२ मा १६ दशमलव ५६ प्रतिशतमा ओर्लेको निगमले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनमा उल्लेख छ । आन्तरिक र बाह्य दुवैतर्फ उडान सेवा दिँदै आएको निगमले आफूसँग भएका जहाजको सही व्यवस्थापन गर्न र उपयुक्त रणनीति बनाउन नसक्दा बजार अंश गुमाउँदै गएको हो । निगमभन्दा पछि सञ्चालनमा आएका निजीक्षेत्रका केही वायुसेवा प्रदायक कम्पनीको बजार अंश ५५ प्रतिशतभन्दा माथि पुगेको छ । बाँकी एयरलाइन्स कम्पनीहरूले पनि बजार अंश बढाउँदै आएका छन् ।   आन्तरिकतर्फ वर्षमा जम्मा १७ हजारलाई सेवा उडानमा ढिलाइ गर्ने, इन्जिन बनाउनै महीनौं लगाउने र पटकपटक प्राविधिक समस्या आउँदा निगमले दिने सेवाको गुणस्तर अरुको तुलनामा कमजोर छ । जहाज संख्या कम र दिइरहेको सेवा पनि गुणस्तरीय नहुँदा बजार अंश गुमाउन पुगेको प्रतिवेदनमै उल्लेख छ । कुनै समय आन्तरिकतर्फका ३९ गन्तव्यमा उडान गरेको नेपाल एयरलाइन्सले अहिले जम्मा १९ गन्तव्यमा जहाज उडाउँछ । अन्तरराष्ट्रिय उडानका गन्तव्यहरू पनि घटेर अहिले ९ मा झरेको छ । सन् २०२० मा कोभिड–१९ का कारण अन्य जहाज सञ्चालन नहुँदा निगमको बजार अंश बढेको थियो । दशकौंदेखि सेवा दिँदै आएको नेपाल एयरलाइन्सले आन्तरिक तथा बाह्य दुवैतर्फको उडानमा सही रणनीति बनाएर लागू गर्न र सेवाग्राहीको बढ्दो संख्यालाई तान्न नसक्दा बजार अंश गुमाउँदै आएको हो । निगमको संरचनागत सुधारदेखि बजार विस्तार र रणनीति सम्बन्धमा पटकपटक सुझावसहितका प्रतिवेदन तयार भए पनि बजार अंश र आम्दानी बढ्नुको साटो घटेको छ ।  बारम्बार उडान रद्द गर्ने निगमले मौसम, प्राविधिक, इन्जिनीयरिङलगायत कारणले उडानमा ढिलाइ हुँदै आएको उल्लेख गरेको छ । निगमसँग हाल दुईओटा ट्वीनअटर जहाज छन् । त्यसबाट उसले आन्तरिक गन्तव्यमा उडान गर्दै आएको छ । चारओटा एयरबस जहाजबाट ७ देशका ९ गन्तव्यमा उडान गर्दै आएको छ ।  निजीक्षेत्रका वायुसेवा प्रदायक कम्पनीले बजार विस्तार गरेपछि निगमले पनि गुमेको बजार अंश फर्काउन चिनियाँ जहाज अनुदान र ऋण सहयोगमा किनेको थियो । हाल ती जहाज ग्राउन्डेड भई विक्री पनि हुन नसकेको अवस्थामा छन् । निगमले सार्वजनिक गरेको प्रतिवेदनअनुसार जहाजको उपयोग औसत दैनिक १३ दशमलव ६ घण्टा भएको देखिएको छ ।  सन् २०२२ मा नेपाल एयरलाइन्सले विभिन्न गन्तव्यमा ३ हजार ७६८ अन्तरराष्ट्रिय उडान/अवतरण गर्दा ६ लाख २९ हजार १४७ यात्रुलाई सेवा दिएको छ । नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्ली, मलेशियाको क्वालालम्पुर, कतारको दोहा, युनाइटेड अरब इमिरेट्सको दुबई, हङकङ, थाइल्यान्डको बैंकक र मुम्बईमध्ये सबैभन्दा धेरै आम्दानी बैंकक उडानबाट गरेको छ । यीमध्ये कार्गाे सेवा दिँदा बैंकक सेक्टरबाट कम्पनीले सन् २०२२ मा ९८ प्रतिशत आम्दानी गरेको छ । बैंकक सेक्टरमा यात्रुबाट ३९ प्रतिशत आम्दानी गरेको छ । सबैभन्दा कम आम्दानी गर्ने सेक्टरमा दुबई रहेको छ । उक्त सेक्टरमा उडान सेवा दिँदा नेपाल एयरलाइन्सले यात्रु र कार्गाे दुवैबाट सन् २०२२ मा १२/१२ प्रतिशत आम्दानी गरेको छ ।  आन्तरिक उडानमा भने नेपाल एयरलाइन्सको सेवा अत्यन्त कमजोर देखिएको छ । गतवर्ष आन्तरिकतर्फ निगमले जम्मा १७ हजार २१४ यात्रुलाई सेवा दिएको छ । जहाज नै कम हुँदा र भएका जहाज पनि व्यवस्थित रूपमा सञ्चालन गर्न नसक्दा सेवा लिनेको संख्या कम देखिएको हो । आन्तरिकतर्फ कमजोर उपस्थिति देखिएका बेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आन्तरिक उडानका लागि १० ओटा जहाज किन्ने घोषणा गरेका छन् ।

एयर इन्डियाद्वारा इजरायलको तेल अवीवका लागि अक्टोबर १४ सम्म आफ्ना सबै उडान रद्द

एयरलाइन्स कम्पनी एयर इन्डियाले इजरायलको शहर तेल अवीवका लागि अक्टोबर १४ सम्मका लागि आफ्ना सबै उडान रद्द गर्ने निर्णय गरेको छ । इजरायल र प्यालेस्टाइनबीच जारी द्वन्द्वलाई ध्यानमा राख्दै कम्पनीले यो निर्णय गरेको हो । समाचार एजेन्सी पीटीआईका अनुसार, एयरलाइन्सका प्रवक्ताले भने- ‘यात्रु र चालक दलको सुरक्षालाई ध्यानमा राख्दै, तेल अवीभका लागि हाम्रा सबै उडानहरू […]

गो-फर्स्ट एयरलाइन्सद्वारा जुन १२ सम्म आफ्ना सबै उडानहरू रद्द

गो-फर्स्ट एयरलाइन्सले सञ्चालनको कारण देखाउँदै जुन १२, २०२३ सम्मका सबै उडान रद्द गरेको जानकारी दिएको छ । गो-फर्स्ट एयरलाइन्सले उडान रद्द गर्दा पर्न गएको असुविधाप्रति क्षमायाचना गर्दै यात्रुलाई सम्पूर्ण रकम फिर्ता गर्ने बताएको छ । एयरलाइन्सले टिकट बुकिङको लागि भुक्तानी गरेको मूल मोडमा पैसा फिर्ता गरिने बताएको छ। यससँगै एयरलाइन्सले छिट्टै पुनः बुकिङ सुरु गर्ने […]