बिस्केट जात्राका लागि तानिएको भैरवको रथ आज बिहान दत्तात्रय नजिक थियो । दत्तात्रयदेखि इनाचोसम्म सडकभरि फुटेका छरपष्ट इँटा र ढुङ्गा देख्दा बिहान यही बाटो भएर ओहोरदोहोर गर्नेहरूले सहजै अनुमान लगाउँथे कि यस वर्ष पनि बिस्केट जात्रामा मध्यराति ढुङ्गा हानाहान भयो ।