अर्थमन्त्री वर्षमान पुनले आगामी वैशाखमा हुन लागेको तेस्रो लगानी सम्मेलनमा सहभागिता जनाउन अमेरिकी लगानीकर्तालाई आग्रह गरेका छन् । आइतबार अर्थ मन्त्रालयमा नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनसँगको भेटमा अर्थमन्त्री पुनले अमेरिकाबाट बढीभन्दा बढी लगानीकर्ता आउने वातावरण बनाइदिन आग्रह गरे ।