अमेरिकी सिनेटमा स्विडेन र फिनल्यान्ड नेटोमा सहभागी हुने प्रस्ताव पारित

अमेरिकी सिनेटले स्विडेन र फिनल्यान्डलाई उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) मा सहभागी हुने प्रस्ताव पारित गरेको छ । दुई देशलाई नेटोमा प्रवेश गराउने पक्षमा सिनेटमा ९५ सदस्यले मतदान गरेका थिए । प्रस्तावको विपक्षमा एक मात्र सदस्य रिपब्लिकन जोश हाउली रहनुभएको थियो । अमेरिकाले युरोपको सट्टा चीनको चुनौतीमा ध्यान केन्द्रित गर्नुपर्नेमा उहाँको जोड थियो । गएको फेब्रुअरी २४ मा रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि नेटोमा सदस्यता थपकाे विषय गम्भीर बनेको छ । यसैबीच चीनले आजदेखि ताइवान आसपासका क्षेत्रमा सुरु गरे...