ओली-नेपाल दोस्रो दिनको छलफल सकियो

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको दोस्रो दिनको छलफल पनि सकिएको छ । करीब डेढ घण्टा लामो छलफलपछि प्रधानमन्त्री ओली होटल मेरियटबाट बाहिरिएका छन् । ओली र नेपालबीच वार्ता भएको बिहीवार लगातार दोस्रो दिन हो । बिहीवार होटल पुगेपछि प्रधानमन्त्री ओली र नेता नेपालले झ्यालबाट धरहराको दृश्यावलोकन पनि गरेका थिए । भेटमा के कस्तो कुराकानी भयो भन्ने सार्वजनिक हुन सकेको छैन । यसअघि बुधवारको भेटमा दुवै जनाले आ-आफ्नो पुरानै अडान दोहोर्‍याएका थिए ।

सम्बन्धित सामग्री

ओली–नेपाल वार्ता सकियो : RajdhaniDaily.com -

RajdhaniDaily.com | काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा रहेको -

झ्यालबाट धरहरा नियालेर तिक्तता मेटाउने प्रयासमा ओली-नेपाल वार्ता

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल जारी छ । लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता भइरहेको हो । दिउँसो करीब सवा २ बजे होटल प्रवेश गरेका दुई नेताले झ्यालबाट नवनिर्मित धरहराको दृश्यावलोकन समेत गरेका थिए । बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास...

के सन्देश लिएर फर्कियो चिनियाँ टोली?

काठमाडौं : चार दिनको नेपाल बसाईपछि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली स्वदेश फर्किएको छ। आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट  काठमाडौं आएको थियो।  चार दिनको नेपाल बसाईमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल

के सन्देश लिएर फर्कियो चिनियाँ टोली?

काठमाडौं : चार दिनको नेपाल बसाईपछि चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येझाउ नेतृत्वको टोली स्वदेश फर्किएको छ। आज बिहान हिमालय एयरलाइन्सको विमानबाट यो टोली चीन फर्किएको हो। टोली आइतवार एयर चाइनाको चार्टर विमानबाट  काठमाडौं आएको थियो।  चार दिनको नेपाल बसाईमा उनीहरुले राष्ट्रपति विद्यादेवी भण्डारी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाल कम्युनिष्ट…