झ्यालबाट धरहरा नियालेर तिक्तता मेटाउने प्रयासमा ओली-नेपाल वार्ता

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल जारी छ । लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता भइरहेको हो । दिउँसो करीब सवा २ बजे होटल प्रवेश गरेका दुई नेताले झ्यालबाट नवनिर्मित धरहराको दृश्यावलोकन समेत गरेका थिए । बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास...