डडेल्धुरा : डिभिजन वन कार्यालय डडेल्धुराले महाभारत वन जोगाउन ४५ परिवारलाई निःशुल्क ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेको छ। बिहीबार जिल्लाको अमरगढी नगरपालिका–२ को आइत बजारमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।अमरगढी नगरपालिका–२ का जोशीना गाउँका दलित तथा गरिव घर परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको डिभिजन वन कार्यालय डडेल्धुराले जनाएको छ। महाभारत वन जोगाउने उद्देश्यले सिलिन्डर तथा चुल्हो वितरण गरिएको हो।घरायसी प्रयोजनका लागि दाउरा बाल्न रूख काट्दा वन फँडानी हुँदै आए