कान्तिपुर पब्लिकेशन्सले आयोजनामा ११ औं कान्तिपुर हाफ म्याराथन आउँदो जेठ ६ गते हुने भएको छ । दशक यात्रा पार गरिसकेको कान्तिपुर हाफ म्याराथनको यसपालि मुख्य नारा ‘लेट्स गो ग्रिन टुगेदर’ रहेको बुधबार पत्रकार सम्मेलनमा पब्लिकेशन्सका सीईओ महेश स्वाँरले जानकारी गराए ।