काठमाडौँ- १० औं संस्करणको कान्तिपुर हाफ म्याराथन जेठ २१ गते शनिबार हुने भएको छ । कान्तिपुर पब्लिकेशन्सले शुक्रबार पत्रकार सम्मेलन गर्दै हाफ म्याराथन जेठ २१ गर्ने जनाएको हो । प्रतियोगितामा पुरुष र महिलाको हाफ म्याराथन, कर्पाेरेट दौड र ह्वीलचियर दौड विधा समावेश गरिएको छ । यस पटक झन्डै ४ हजार धावक सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दियो […]