अवरुद्ध खानेपानी सुचारु

रौतहटको चन्द्रपुर नगरपालिकामा खानेपानीको पाइप विस्तार र अवरुद्ध पानी सुचारु गर्ने काम सुरु भएको छ । चन्द्रनिगाहपुर–गौर सडक स्तरीकरणको काम गर्दा खानेपानीको पाइप फुटेपछि अवरुद्ध पानी सुचारु गर्न खानेपानी तथा सरसफाइ उपभोक्ता समिति चन्द्रपुरले बुधबारदेखी पाइप व्यवस्थापन गर्न थालेको हो ।

सम्बन्धित सामग्री

हर्क साम्पाङको शैलीमा उत्रिए रवि- भरतपुरमा खानेपानी आयोजना सुचारु गर्न श्रमदान

काठमाडौं । चितवन–२ बाट सांसद निर्वाचित भएका रवि लामिछाने आफ्नो पद तथा गोपनीयताको शपथग्रहण नगर्दै कार्यक्षेत्रमा उत्रिएका छन् । आज उनी भरतपुरको एउटा पुरानो खानेपानी आयोजना सुचारु गर्नका निम्ति श्रमदानमा सहभागी भए । जापान सरकारले १९९३ सालमा निर्माण गरिदिएको भरतपुर खानेपानी आपूर्ति परियोजना लामो समयदेखि अवरुद्ध थियो । आज रविको नेतृत्वमा भरतपुरका स्थानीयवासीले यो परियोजनाको […]

बाढीपछि अवरुद्ध मेलम्ची चैत मसान्तसम्म सुचारु गर्ने प्रयास, तर संशय धेरै

काठमाडौं । मेलम्ची खानेपानी विकास समितिले चैत ३० गते मेलम्चीको पानी काठमाडौं झार्ने तयारी गरेको छ । तर, दिगोरुपमा काठमाडौंवासीले मेलम्चीको पानी पिउन पाउँछन् भन्ने चाहिँ निश्चित छैन । मेलम्चीको पानी दोस्रो पटक काठमाडौं झार्न लागिएको हो । यसअघि गत वर्षको चैत १५ गते पहिलो पटक मेलम्चीको पानीले काठमाडौंको माटो भिजाएको थियो । तर, बाढीले […]

सेनाको सहयोगमा खानेपानी मुहान सरसफाइ

पर्वत । हिउँपहिरोमा क्षतिग्रस्त भएको मुस्ताङको नाउरीकोटको खानेपानी मुहान सेनाको सहयोगमा खानेपानी उपभोक्ताले सफाइ गरिरहेका छन् । गत कात्तिक २८ गते मुस्ताङको धौलागिरि क्षेत्रको मानापाथी हिमालबाट खसेको भीषण हिमपहिरोले विगत एक महिनादेखि अवरुद्ध खानेपानी मुहानको हिउँ हटाउन थालेएको हो । नेपाली सेनाको जोमसोमस्थित बज्रदल गणको टोलीले हिउँ पन्छाउने र खानेपानी सुचारु गर्न थालिएको थासाङ गाउँपालिकाका […]

स्थानीयले रोके याङ्ग्री लार्केको काम

सिन्धुपाल्चोक । काठमाडौंवासीका लागि खानेपानी लैजाने मेलम्ची आयोजनाको दोस्रो खण्ड याङ्ग्री–लार्केको काम रोकिएको छ । याङ्ग्री र लार्के खोलाबाट दैनिक १७/१७ करोड लिटर पानी राजधानी लैजाने योजनाका साथ शुरू गरिएको मेलम्ची खानेपानीको दोस्रो चरणका काम बीचमै रोकिएको हो । खोनपानी विकास समितिले गरेको प्रतिबद्धता कार्यान्वयन नगर्दा स्थानीय प्रभावितले काम बीचमै रोकेका हुन् । सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाका विभिन्न वडा प्रभावित हुनेगरी पानी लैजाने सरुङसम्म पुग्ने गरी सडक निर्माण भइरहेको थियो । खानेपानी विकास समितिले स्थानीय बासिन्दाको समस्या समाधान नगरेकै कारण अहिले काम रोकिएको हो । यसअघि खानेपानी विकास समितिले याङ्ग्री र लार्के खोलाबाट पानी ल्याउन सडकमा पर्ने जग्गाधनीलाई मुआब्जा दिएको थियो । खानेपानीले सहमति गरेबमोजिम क्षतिपूर्ति दिन आलटाल गरेकै कारण स्थानीयमा कामममा अवरोध गरेका हुन् । ठेकेदारले स्काभेटरलगायत साधन ल्याएर काम गर्न शुरू गर्दा स्थानीयले रोकेका छन् । ‘हाम्रो माग सम्बोधन नभई काम सुचारु हुनेछैन,’ स्थानीय बासिन्दाको एउटै आवाज छ । ‘सडक खन्नेक्रममा क्षति भएका बालीहरूको क्षतिपूर्ति दिन्छु भनेर आलटाल गरेकाले काम बीचमै रोकेका हौं,’ पाँचपोखरी थाङ्पाल गाउँपालिका–६ धापका पीडित दिल वाइवाले भने, ‘स्थानीय बासिन्दाको बालीहरू धेरै पुरिएको छ ।’ उनले धान, मकै कोदो, अलैंचीसहित रूखबिरुवामा क्षति पुगेको जानकारी दिए । यो योजना पाँचपोखरी गाउँपालिकाको विभिन्न वडावासी प्रभवित हुनेछन् । अहिले करीब २ सय घर धुरीले निर्माण कार्य अवरुद्ध गरेका हुन् । ‘अरू वडामा पनि निकै समस्या छ, हाम्रोमा मात्रै करीब २ सय घरधुरीलाई आयोजनाले झुक्याइरहेको छ,’ उनले भने, ‘आयोजनाले कहिले दशैं, कहिले तिहार त कहिले अरू नै चाडपर्वको भाका राखेर हामीलाई अलमलाइरहेको छ ।’ आयोजनले सडक निर्माण गर्ने क्रममा पहिला भएका खुड्किलालगायत सामाजिक संरचना भत्काएको छ । त्यसलाई बनाउनेतर्फ पनि आयोजनाले आलटाल गरिरहेको अर्का पीडित शिशिर वाइबा बताउँछन् । ‘गाउँपालिका अध्यक्ष, उपाध्यक्षसहितले प्रतिबद्धता कार्यान्वयनका लागि मेलम्ची खानेपानीमा पटकपटक झक्झकाइरहनुभएको छ,’ उनी भन्छन्, ‘तर, खानेपानी निकै अटेर भएर बेवास्ता गरिरहेको छ ।’ मेलम्ची खानेपानी आयोजनाले सिन्धुपाल्चोकको पाँचपोखारी थाङ्पाल गाउँपालिकाका विभिन्न वडाहरूमा प्रस्तावित आयोजना क्षेत्रभित्र पर्ने ३ सय ७६ कित्ता जग्गा र उक्त जग्गामा पर्ने बोट विरूवा, बालीनाली, गोठ टहराको मुआब्जा दिने बताएको थियो । अहिले क्षतिको विवरण संकलन भइरहेकाले काम विस्तारै हुने र स्थानीयले क्षतिअनुसारको मुआब्जा पाउने आयोजनाले बताएको छ । आयोजनाको सुरुङ प्रवेश मार्ग, हेडवक्र्स, क्याम्सपाइसट, माटो थुपार्ने ठाउँलगायत लागि जग्गा अधिग्रहणसमेत भइसकेको छ । यो योजना पूरा भए मेलम्चीबाट अहिले ल्याउन लागिएको पानी तेब्बर क्षमतामा विस्तार हुनेछ । मेलम्चीको पानीमा अरू दुई खोलाको पानी पनि मिसाउने गरी मेलम्ची– २ को डीपीआर तयार गरिएको थियो । याङ्ग्री र लार्केबाट दैनिक ३४ करोड लिटर पानी लैजाने तयारी छ ।

बाढीले ललितपुर क्षेत्रको खानेपानी संरचनामा ३ करोड ७१ लाखको क्षति

काठमाडौं । ललितपुर क्षेत्रमा अवरुद्ध बनेको खानेपानी वितरण प्रणाली केही दिनमा नै सुचारु हुने काठमाडौं उपत्यका