अध्यागमनले तीन महिनामा गैरकानूनी कार्यमा संलग्न १३२ जना विदेशीलाई गर्यो निष्कासन, सबैभन्दा बढी चिनियाँ र अमेरिकी

काठमाडौं। अध्यागमन विभागले तीन महिनाको अवधिमा गैरकानूनी कार्यमा संलग्न रहेका ३२ देशका १३२ जना विदेशीलाई देशबाट निष्कासन गरेको छ। अध्यागमनले २०७९ साउनदेखि असोज मसान्तसम्मको अवधिमा उनीहरुलाई निष्कासन गरेको हो। निष्कासित हुनेमा सबैभन्दा बढी चिनियाँ र अमेरिकी रहेका छन्। सो अवधिमा ४२ जना चिनियाँ, १२ जना अमेरिकी, ७ जना बेलायती, ५ जना दक्षिण कोरियाली नागरिकलाई अध्यागमनले निष्कासन गरेको छ।