मन्त्री छनोटको विषयलाई लिएर अहिले जनता समाजवादी पार्टी ( जसपा) भित्र केही असन्तुष्टि देखिएको छ । जसपाभिको यो असन्तुष्टिले कुन रुप लिन्छ, अहिले नै भन्न सकिँदैन । अहिले सबैजना चाडपर्वको मुडमा छन् । तर, मलाई यसबाट पार्टी कसरी चलाउने भन्नेबारेमा अलिकति बहस अगाडि बढ्छ जस्तो लाग्छ । पार्टीलाई व्यवस्थित रुपमा अगाडि लैजानका लागि यो बहस सुरु भएको छ । अध्यक्ष उपेन्द्र यादवलाई हामीले बैठकमा के भनेका थियौं भने तपाई आफैं नगएपछि सरकारमा शीर्षनेतालाई नपठाऔँ । चुनावलाई केन्द्रित गरेर टीम पठाऔँ । प्रत्यक्ष