रास्वपाको सांसद ढाकाकुमार कि विन्दाबासिनी ?

सभामुखले सूचना सुनाएर रिक्त भइसकेको पदमा उनी कसरी बहाल हुन्छन् भन्ने जटिलता देखिएको छ । श्रेष्ठको सांसद पथ बहाल भए कंसाकार भने सांसद हुन पाउने छैनन् ।

सम्बन्धित सामग्री

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि ढाकाकुमार श्रेष्ठको पद अब के हुन्छ?

दुर्गा प्रसाइँसित रकम मागेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरी पदमुक्त गरिदिएको थियो। उनको ठाउँमा बिन्दबासिनी कंसाकारलाई सांसद बनाउने सिफारिश गरे अनुसार निर्वाचन आयोगले उनलाई सांसदको प्रमाणपत्र पनि दिइसकेको समाचार आएको थियो। तर ढाका अदालत गए र सर्वोच्चले हाललाई पार्टीले गरेको निर्णयसहितका काम कारबाहीहरु थप कार्यान्वयन नगरी यथास्थितिमा… Continue reading

ढाकाकुमार श्रेष्ठको प्रश्न : सूर्यले म पूर्वबाट उदाउँछु भनिरहनुपर्छ र ?

काठमाडौं, २६ बैशाख । पूर्व सांसद ढाकाकुमार श्रेष्ठले आफूमाथि नियोजित रुपमा षड्यन्त्र भएको दाबी गरेका छन् । उनले सत्य कसैले पनि लुकाएर नलुक्ने दाबी गरेका छन् । आज फेशबुक पेजमार्फत श्रेष्ठले भनेका छ्न–‘म एउटा सोझो नेवारको छोरो जालझेल छलकपट नजानेको मान्छे, चिकित्सक पेशामै रमाईरहेको मान्छे फोहोरी राजनितीलाई सफा गरौ, भन्ने संकल्पले आफ्नो पेशालाई दाउमा राखेर […]

ढाकाकुमार श्रेष्ठको सांसद पद तत्काल निलम्बनमा नपर्ने

काठमाण्डाै – ढाकाकुमार श्रेष्ठको सांसद पद तत्कालका लागि निलम्बनमा नपर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कारबाही गरेका सांसद ढाकाकुमार श्रेष्ठले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेसँगै उहाँको सांसद पद तत्कालका लागि निलम्बनमा नपरेको हो ।आफूलाई गैरकानुनी ढङ्गले निलम्बन गरेको भन्दै श्रेष्ठले दिएको रिटमाथि आज साेमवार सुनुवाइ गर्दै न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले सांसद श्रेष्ठलाई कारबाही गर्नुको कारण माग गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको...

सर्वोच्चको आदेशः ढाकाकुमार संसद फर्कन नपाउने, कंसाकारको शपथ रोकिने

काठमाडौँ – ढाकाकुमार श्रेष्ठको रिट निवेदनमा सर्वोच्चले सोमबार जारी गरेको अल्पकालीन अन्तरिम आदेशले विन्दवासिनी कंसाकारको शपथ ग्रहण रोकिएको छ। श्रेष्ठले आफूलाई कारबाही गरी सांसद र पार्टी सदस्यबाट पदमुक्त गर्ने रास्वपाको निर्णयविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदनमाथि न्यायाधीश तीलप्रसाद श्रेष्ठको एकल इजलासले अल्पकालीन आदेश जारी गरेको छ। एकल इजलासले जेठ ५ गतेसम्म कंसाकारलाई श्रेष्ठको ठाउँमा प्रतिस्थापन गर्ने […]

ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सदनलाई जानकारी

आर्थिक लेनदेनको अडियो बाहिरिएपछि कारबाहीमा पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका ढाकाकुमार श्रेष्ठको सांसद पद रिक्त भएको सूचना सदनमा जानकारी गराइएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको सङ्घीय संसद् सचिवालयलाई प्राप्त भएको जानकारी गराउनुभयो । सभामुख घिमिरेले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ३४ (१) बमोजिम …

ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज

काठमाडौँ- ढाकाकुमार श्रेष्ठको सांसद पद खारेज भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले श्रेष्ठको सांसद पद खारेज भएको र उक्त स्थान रिक्त भएको सदनलाई जानकारी गराएका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीले श्रेष्ठलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्राचारअनुसार उनको सांसद पद रिक्त रहेको सभामुख घिमिरेले बताए । एक व्यापारीसँग दुई करोड […]

सांसद ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी

काठमाडौं, २७ चैत। राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्ना सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक प्रकरणमा माफी मागेको छ। सोमवारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले सो प्रकरणको सम्बन्धमा पार्टीको तर्फबाट माफी मागेका हुन्। सो प्रकरणले प्रतिनिधि सभा सदस्यहरुको सम्मानमा चोट परेको भन्दै उनले माफी मागेका थिए।

रास्वपामा कसरी आएका थिए ढाकाकुमार ?

२६ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायीसँग २ करोड रुपैयाँ मागेको सार्वजनिक भएको छ । स्वास्थ्यमन्त्री बन्न पार्टीलाई बुझाउनुपर्ने भन्दै उनले झापास्थित बी एण्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलसँग २ करोड रुपैयाँ मागेका हुन् । आफ्नो मोबाइलमा फोन गरेर ‘मन्त्री बनेपछि सहयोगी गर्ने’ भन्दै रकम मागेको […]