काठमाडौं- ज्ञानेन्द्र शाहलाई राजाकै हैसियतमा ‘श्री ५’ भनेर सम्बोधन गरेपछि संवाद सचिव फणिन्द्रप्रसाद पाठकलाई प्रहरीले बोलाएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवम् एसपी अपीलराज बोहोराले ज्ञानेन्द्रलाई त्यसरी गरिएको सम्बोधनको कानुनी हैसियतबारे सोध्न उनलाई झिकाइएको बताए । ‘पक्राउ गरिएको होइन, पूर्वराजालाई ‘श्री ५’ र राजाकै रुपमा सम्बोधन गरेको विषयमा कानुनी हैसियत र मान्यताबारे जानकारी […]