ओखलढुंगा : जिल्लामा एकैदिन १ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्लामा गरिएको पिसिआर र एन्टिजेन परीक्षणबाट १ सय २६ जनामा आज बिहीबार संक्रमण पुष्टि भएको हो।गत सोमबार जिल्लाका ३ सय ५६ जनाको पिसिआर परीक्षणको लागि राष्ट्रिय प्रयोगशाला टेकु पठाइएकोमा १ सय २५ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए।त्यस्तै, जिल्लामा बिहीबार नै ७ जनाको एन्टिजेन परिक्षण गरिएकोमा सिद्धिचरण नगरपालिका १ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमण पुष्टि हुनेको संख्या १ सय २६ रहेको उनले