मकवानपुरमा सोमबार ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनाको स्वाबको नमुना परिक्षण गर्दा बारा जिल्लाका एक जनासहित ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले जानकारी दिए ।संक्रमण पुष्टि हुनेमा १५ देखि ७३ वर्षका ३० जना महिला र ३३ जना पुरुष रहेका छन् । चौलागाईंका अनुसार, संक्रमण पुष्टि हुनेमा हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडाका ६१ जना, मनहरी गाउँपालिकाका १ जना र बारा जिल्लाका एक जनामा संक्रमण पुष्टि भएको हो ।हेटौंडा उपमहानगरपा