मुलुककै आर्थिक नगरीको रूपमा रहेको वीरगन्ज महानगरपालिकाले नगर क्षेत्रका गर्भवती तथा सुत्केरी महिला र ज्येष्ठ नागरिकलाई घरघरमै स्वास्थ्य सेवा प्रदान गर्ने अभियान शुरू गरेको छ ।
हुम्लाको दक्षिणी भागमा रहेको ताँजकोट गाउँपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रमअन्तर्गत घरघरमै पुगेर जेष्ठ नागरिक निःशुल्क उपचार गरेको छ । स्वास्थ्य संस्थासम्म पुग्न नसक्ने ६८ वर्षमाथिका, गम्भीर रोग लागि ओछ्यानमा परेका, शारीरिक अशक्तता कारण स्वास्थ्य संस्थासम्म पुग्न नसकेका नागरिकलाई स्वास्थ्य पहुँच विस्तारअन्तर्गत घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका संयोजक धनराज ढकालले बताउनुभयो । गाउँपालिकाको …
बखतियार अलि सर्लाही ३ फागुन । सर्लाही जिल्लाका धनकौल गाँउपालिकाले घरदैलो स्वास्थ्य सेवा कार्यक्रम शुरु गरेको छ । जिल्लामै पहिलो चोटी घरदैलोमै स्वास्थ्यकर्मी गएर स्वास्थ्य सेवा दिन शुरु गरिएको हो । घरदैलो स्वास्थ्य सेवा कार्यक्रम २०७९ सार्वजनिक गर्दै धनकौल गाँउपालिकाका अध्यक्ष राम आश्रय साहले जेष्ठ नागरिक, अशक्त, तथा विपन्न परिवारलाई लक्षित गरि यो कार्यक्रम शुरु […]
शङ्खरापुर नगरपालिकाले नगर प्रमुखसँग नि:शुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेपछि नगरपालिकाको दुर्गम भेग वडा नं. १ स्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको छापभञ्ज्याङमा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्दै स्वास्थ्यकर्मी । तस्बिर : पूर्णप्रसाद मिश्र/रासस
काठमाडौं । शङ्खरापुर नगरपालिकामा नगर प्रमुखसँग निःशुल्क घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु भएको छ । नगरप्रमुख रमेश नापितले वडा नम्बर १ छाप भञ्ज्याङमा उक्त कार्यक्रम शुभारम्भ गर्दै सबैभन्दा विकट क्षेत्रको रुपमा रहेको सिन्धुपाल्चोक जिल्लासँग सीमा जोडिएको यस स्थानको घरदैलोमै आएर निःशुल्क स्वास्थ्य सेवा सुरु गरिएको जानकारी दिए ।
“बृद्ध हुनुभएका...
गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाभित्रका एक हजार भन्दा बढी ज्येष्ठ तथा अशक्त नागरिकले घरमै निःशुल्क स्वास्थ्य उपचार सेवा लिएका छन् । गाउँपालिकाले सुरु गरेको ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रमबाट पालिकाभित्रका एक हजार एक सय दुई जना लक्षित वर्गले निःशुल्क स्वास्थ्य उपचार सेवा लिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख भेषराज खनालले जानकारी दिए । […]
भीमसेन थापा गाउँपालिकाले ज्येष्ठ तथा अशक्त नागरिक घरदैलो स्वास्थ्य सेवा कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत प्रत्येक महिना पालिकाका ८ वटै वडाका घर र टोल पुगेर अशक्त र ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच हुनेछ ।
वीरगन्ज महानगरपालिकाले घरदैलो स्वास्थ्य सेवा शुरु गरेको छ । वीरगन्ज महानगरपालिकाका जनताको स्वास्थ्य उपचार सेवाको पहुँच सहज बनाउने उद्देश्यले वीरगंज माहानगरपालिकाले घरदैलोमा स्वास्थ्य सेवा सुरु गरेको हो ।महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले नगरवासीको घरदैलोमै पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिदै बिरामीहरूलाई औषधि वितरण गरी स्वास्थ्य उपचार सेवाको शुरुवात गरेका हुन् । नागरिकको स्वास्थ्यमा पहुँच […]
अपाङ्गता भएकाहरुलाई लक्षित गरेर बुटवल उपमहानगरपालिकाले उनीहरुको घरदैलोमा प्राथमिक स्वास्थ्य सेवा उपलव्ध गराउन शुरू गरेको छ ।
अस्पतालसम्म लैजान गाह्रो हुने र असहज हुने विभिन्न तहका अपाङ्गता भएका बुटवलका नागरिकका लागि घरमै पुगेर स्वास्थ्य अवस्थाको जानकारी लिने र प्राथमिक स्वास्थ्य सेवा तथा औषधि निशुल्क उपलब्ध गराउने काम शुरू भएको उपमहानगरका प्रमुख शिवराज सुवेदीले जानकारी दिए ।
उपप्रमुख गुमादेवी आचार्य नेतृत्वमा स्वास्थ्यकर्मी, मनोपरामर्शदाता र कर्मचारीहरुको टोलीले बिहीबारदेखि घरदैलो अभियान शुरू गरेको हो । उप...