काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि घर–घरमै पुगेर स्वास्थ्य सेवा दिने भएको छ । महानगरले आगामी आर्थिक वर्ष २०७९–८० को बजेट प्रस्तुत गर्दै जेष्ठ नागरिकहरूलाई घरमै पुगेर स्वास्थ्य परिक्षण गर्दै आवश्यकताअनुसार औषधी वितरण गर्ने घोषणा गरेको हो ।बालेन्द्रले भारतीय संघीय राजधानी भएको राज्य दिल्लीको सिको गर्दै जेष्ठ नागरिकलाई घर–घरमै पुगेर स्वास्थ्य परीक्षण तथा सेवा दिने योजना बनाएका हुन् । उक्त योजनाअनुसार नै महानगरले आगामी वर्षदेखि घरमै पुगेर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण