प्रदेश २ सरकारले मधेसी सहिद प्रतिष्ठान गठनसँगै चार जनालाई निर्देशक समितिको सदस्यमा नियुक्त गरेको छ । बिहीबार आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको कार्यकक्षमा आयोजित कार्यक्रममा मन्त्री भरतप्रसाद साहले जनयुद्ध, जनआन्दोलन र मधेस आन्दोलन लगायतमा सहिद भएका परिवार तथा घाइतेहरूको हकहितलाई ध्यानमा राख्दै मधेसी सहिद प्रतिष्ठान गठन गरिएको जनाएका हुन् ।आन्तरिक मामिला तथा सञ्चार मन्त्री साह अध्यक्ष रहेको प्रतिष्ठानमा मधेस आन्दोलनका सहिद परिवारका दुई सदस्य र जनयुद्धमा सहिद भएका परिवारका दुई जना गरी चार जना