एमाले छाडी नेकपा एस रोज्ने बागमतीका १२ सांसद को को

काठमाडौं, १५ भदौ । नेकपा एमालेबाट विभाजित भई बनेको नेकपा एकीकृत समाजवादी रोज्ने बागमती प्रदेशका १२ प्रदेश सभा सांसदमध्ये अधिकांश प्रत्यक्ष निर्वाचित छन् । उनीहरुमध्ये अधिकांश काठमाडौं उपत्यकाका छन् । लामो समय माधव नेपालसँग नजिक रहेका बागमतीका २२ सांसदमध्ये १२ जनाले नेकपा एस रोजेका छन् । बाँकी १० जना नेकपा एमालेमै रहेका छन् । काठमाडौंबाट […]

सम्बन्धित सामग्री

विरोध खतिवडालाई पराजित गर्दै सांसद बने बर्तौला

मकवानपुर – नेकपा (एस) का नेता विरोध खतिवडा नेकपा (एमाले) का उम्मेदवार महेश बर्तौलासँग पराजित भएका छन् । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर–२ मा सत्तारुढ गठबन्धनका उम्मेदवार खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् । बर्तौलाले खसेको कूल ८६ हजार तीन सय एकमध्ये ३४ हजार नौ सय १६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी खतिवडाले […]

पूर्वसांसद यादव रायमाझी नेकपा (एस) प्रवेश

पूर्व सांसद यादवबहादुर रायमाझी एमाले परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।  रायमाझी २०५६ सालमा पाल्पा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद र दुई कार्यकाल एमाले पाल्पाको अध्यक्ष भएका नेता हुन् ।  रायमाझीले शनिवार तानसेनमा पत्रकार सम्मेलन गरी एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विधि विधान र कम्युनिष्ट आचरणविपरीत अधिनायकवादी सोचअनुसार सञ्चालन गरेकाले एकीकृत समाजवादी रोजेको बताए । विगतदेखि नै पार्टीमा चरम विकृति र विसंगति बढेको र त्यसलाई सच्याउन प्रयास गरे पनि असफल भएको रायमाझीले उल्लेख ग...

माधव नेपालको शक्ति कति

काठमाडौं, २४ भाद्र । नेकपा एकीकृत समाजवादी पार्टीको शक्तिको खाका निस्किएको छ । जनप्रतिनिधिहरुको तथ्यांक समेत स्पष्ट भएको छ । यसबाट नेकपा एमाले विभाजन गरी नेकपा एस निर्माण गर्ने पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको शक्ति अझ स्पष्ट भएको छ । प्रतिनिधिसभामा नेकपा एस तेस्रो ठूलो दल बनेको छ । पहिलो ठूलो दल नेकपा एमालेको ९६ सांसद छन् […]

थप ३ सांसदले नेकपा एस रोजेपछि सुदूरपश्चिममा एमाले तेस्रो

धनगढी, २० भदौ । सुदूरपश्चिम प्रदेशमा नेकपा एमाले तेस्रो ठूलो दलमा खुम्चिएको छ । यसअघि पहिलो ठूलो दल रहेको नेकपा एमाले विभाजनपछि बहुमत सांसद नेकपा एसमा प्रवेश गरेपछि तेस्रो स्थानमा झरेको हो । नेकपा एमालेमा यसअघि २५ सांसद रहेकोमा कुल १३ जना नेकपा एस रोज्न पुगेका छन् । यसअघि १० जनाले नेकपा एस रोजेकोमा आज […]

गण्डकी र लुम्बिनीमा नेकपा एस रोज्ने सांसदको मन्त्री सुनिश्चित

काठमाडौं, १६ भदौ । नेकपा एमाले परित्याग गरी नेकपा एसमा जान तयार प्रदेश सांसदहरु धमाधम देखिइरहेका छन् । सात प्रदेशमध्ये पाँच प्रदेशमा माधव नेपाल पक्षका सांसदहरु अब नेकपा एस रोजेर जाँदैछन् । तर, गण्डकी प्रदेशमा कुनैपनि सांसद नेकपा एसमा जान तयार देखिएका छैनन् । लुम्बिनी प्रदेशमा पनि एकजना मात्र देखिएका छन् । नेकपा एसले गठबन्धनबाट […]

सुदूरपश्चिमका १० प्रदेश सांसद नेकपा (एस)मा

एमाले सुदूरपश्चिमका १० जना प्रदेश सांसदले नेकपा(एकीकृत समाजवादी) पार्टी रोजेका छन् । प्रदेशसभामा एमालेका कूल २४ जना सांसद (सभामुख बाहेक) मध्ये १० सांसदले मंगलबार एमाले छाड्दै नवगठित नेकपा (एस) रोजेका हुन् ।

भीम रावलकाे क्षेत्रमा एमालेका १० प्रदेश सांसद समाजवादीमा

धनगढी । एमाले सुदूरपश्चिम प्रदेश सभाका १० जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीमा सनाखत गरेका छन् । समाजवादीमा खुलेका १३ सांसदमध्ये १० जनाले सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस) तिर खुलेका छन् । तर सनाखतका लागि निर्वाचन कार्यालय […] The post भीम रावलकाे क्षेत्रमा एमालेका १० प्रदेश सांसद समाजवादीमा appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

माधव नेपालको नेकपा (एस) का ३० सांसदको सनाखत

काठमाडौं, ९ भदौ । नेकपा एमाले फुटाएर माधवकुमार नेपालको नेतृत्वमा निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिइएको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसदको हस्ताक्षर सनाखत भएको छ । यसअघि ३१ सांसदले हस्ताक्षर गरी पार्टी विभाजनका लागि निवेदन दिएकोमा ३० जनाको मात्र सनाखत भएको छ । पार्टी दर्ताका लागि निवेदन दिंदा एमालेका ३१ सांसद र ५८ केन्द्रीय […]